MENU

राजनीति

Ncell Axiata

फुटेकाे दुई महिनामै राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच एकता हुने संकेत

 

भक्तपुर, असोज २६ - राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले नेकपा (माओवादी केन्द्र) ले नैतिकताको आधारमा सरकार छाड्नुपर्ने बताउनुभएको छ । 

बिहीबार रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष राणाले माओवादीको सरकारमा पनि सामेल हुने र प्रतिपक्षसँग गठबन्धन गरी सरकारमै बसिराख्ने काम राजनीतिक बेइमानी हो भन्नुभयो । 

अध्यक्ष राणाले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा उपत्यकाभित्रै भएको निर्माण व्यवसायी महासङ्घका अध्यक्षको हत्याले सुरक्षा अवस्था कमजोर रहेको तथ्य प्रस्ट्याएको बताउनुभयो । 

उहाँले राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच अबको दुई–चार दिनमै पार्टी एकता हुने विश्वास पनि व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया