MENU

बातावरण-कृषि

Ncell Axiata

पुष्प मेलाको रौनक : नर्सरी व्यवसायबाट वार्षिक आठ लाख कमाई (फोटो फिचर)

मुना श्रेष्ठ/उज्यालो ।

काठमाडौं, असोज २६ – सृजना नर्सरीकी नेत्रकुमारी खड्काले १८ वर्षदेखि फूलसँग साइनो गाँस्दै आउनु भएको छ । उहाँलाई फूलसँग काम गर्न खुब रमाइलो लाग्छ तर नर्सरीलाई फराकिलो पार्न भने जस्तो जग्गा नहुँदा भने मन खुशी हुन सकेको छैन । उहाँलाई अहिले नर्सरी सहरकेन्द्रित भएको उहाँको गुनासो छ । ‘यी नर्सरी व्यवसायलाई गाउँगाउँमा पुर्‍याउन सके फलफूलका बिरुवा अहिले भन्दा सस्तो र सहज रुपमा ग्राहक सम्म पुर्‍याउन सकिन्थ्यो’ उहाँले भन्नुभयो । पाँच जना युवालाई रोजगार समेत दिनुभएकी खड्काले नर्सरी व्यवसायलाई व्यवस्थित गर्ने हो भने युवा पुस्तालई विदेश पलायन हुनबाट रोक्न सक्ने बताउनुभयो । उहाँले नर्सरी व्यवसायबाट नै वार्षिक झण्डै आठ लाख रुपैयाँसम्म कमाउनु हुन्छ । हरिप्रसाद ढकाल फ्लोरिकल्च नेपालले हरेक वर्ष आयोजना गर्ने पुष्प मेलामा सहभागी हुने गर्नुभएको छ । उहाँलाई फूलको हेरचाह गर्न, त्यसको स्याहासुसार गर्न खुब मन पर्छ तर पुष्प व्यवसाय प्रति सरकारले खासै कमदम चाल्न नसकेको उहाँको गुनासो छ । सुन्तला, मुन्तला, कागती, फूलहरु आफ्नो नर्सरीमा उमार्नुभएका ढकाललाई नर्सरीको काम गाह्रो लाग्छ । न त काम गर्ने कामदार सहज रुपमा पाइन्छ न त फूलमा राख्न पानी पाइन्छ । तै पनि नर्सरी व्यवसायबाट उहाँले वार्षिक सात लाख सम्म आम्दानी गर्नु हुन्छ । उहाँले आठ वर्षसम्म अरुको नर्सरीमा काम गरेपछि आफैं नर्सरी खोल्नु भएको हो । उहाँले आफ्नै नर्सरी खोलेको पनि ५ वर्ष भइरहेको छ । सीताराम लामिछाने आफैं पनि फ्लोरिकल्चर एशोसियसन नेपालमा आबद्ध हुनुहुन्छ । उहाँको द इभर ग्रिन नर्सरी छ । उहाँले झण्डै ५ रोपनी जग्गामा लगाएको बोटविरुवाले झण्डै आठ लाख जति वार्षिक आम्दनी गर्छ । काठमाडौंमा जग्गा नपाउने हुँदा भने जस्तो नर्सरी व्यवसाय गर्न नपाएको उहाँको गुनासो रहेको छ । सरकारले सहुलीयत दिए नर्सरी व्यवसायीलाई अझै बढाउन सकिने उहाँको ठम्याई छ । उहाँहरु जस्तै अहिले फ्लोरिकल्चर एशोशियसन नेपालले ललितपुरको जावालाखेलमा आयोजना गरेको पुष्प मेलामा ४४ वटा व्यवसायिक नर्सरीको स्टल राखिएको छ । प्रतियोगितात्मक प्रदर्शनी भएकोले ४ जातका गोदावरी फूलले प्रतिस्पर्धा गर्दैछन् । फ्लोरिकल्चर एशोशियसन नेपालले आयोजना गरेको यो ११ औं पुष्प मेला हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बिहान र साँझमा मात्रै कराउने चिरकालिज लोप हुने अवस्थामा

    म्याग्दी, कात्तिक २ – विश्वमा नै संकटापन्न र नेपालका लागि दुर्लभ मानिने चिरकालिज वासस्थान र उचित वातावरण अभावका कारण नेपालबाट लोप हुने अवस्थामा पुगेको छ ।

  • यो वर्षको मनसुन सकियो

    काठमाडौं, असोज ३१ – यो वर्षको मनुसन सकिएको छ । यो वर्ष २३ दिन ढिलो गरी मनसुन सकिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । २ दिन ढिला गरी जेठ १२ गते सुरु भएको मनसुन २३ दिन लम्बिएको हो ।

  • तेह्रथुमबाट १४ करोडको तरकारी निर्यात

    तेह्रथुम, असोज ३० – पूर्वी पहाडी जिल्ला तेह्रथुमबाट आर्थिक वर्ष २०७३/०७४ मा झण्डै १४ करोड रुपैयाँ बराबरको तरकारी निर्यात भएको छ ।

  • भारतीय आयातित माछाले नेपाली किसानलाई समस्या

    मोरङ, असोज २९ – माछा उत्पादक किसानको समस्याको रुपमा भारतीय आयातित माछा रहेको किसानरुले बताएका छन् । भारतबाट माछा आयात हुँदा नेपाली किसान प्रत्यक्ष मारमा पर्दै आएको भए पनि त्यसलाई बिस्थापनको लागि अझै पहल नभएको बताएका हुन ।

  • तेह्रथुमबाट साढे चार करोड रुपैयाँको अदुवा निर्यात

    प्रकाश धौलाकोटी/उज्यालो । तेह्रथुम, असोज २९ – तेह्रथुमबाट आर्थिक वर्ष २०७३÷०७४ मा साढे चार करोड रुपैयाँ भन्दा बढीको अदुवा जिल्लाबाहिर निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार वर्ष ४ करोड ७० लाख रुपैयाँ भन्दा बढीको अदुवा जिल्लाबाहिर निर्यात भएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया