MENU

खेल

Ncell Axiata
NIC Asia

अरुण भ्याली फुटबल सुरु

संखुवासभा, असोज २६ – संखुवासभाको खाँदबारीमा बिहीबारबाट सातौँ अरुण भ्याल्ली रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । 

प्रतियोगितामा १६ टिम सहभागी छन् । एड्भान्स क्लबले आयोजना गरेको प्रतियोगितामा भोजपुर, धनकुटा, सुनसरी, मोरङ र काठमाण्डौका  टिमको सहभागिता छ । बिहीबार भएको खेलमा संखुवासभाको मिर्मिरे युथ क्लब र मोरङको युवा कञ्चन क्लब विजयी भएको छ ।  

अरुण भ्यालीको विजेताले नगद १ लाख २५ हजार पाउने छ भने उपविजेताले ७५ हजार पुरस्कार पाउने छ । तेस्रो हुनेले ४० हजार पाउने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोरक्षक, गोलकर्तालाईसमेत नगद, शिल्डले सम्मान गरिनेछ । प्रतियोगिता असोज ३० सम्म सञ्चालन हुनेछ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया