MENU

समाज

Ncell Axiata

कोशी राजमार्गमा खाल्डै खाल्डा, ३१ किलोमिटर पार गर्न साढे तीन घण्टा

तेह्रथुम, असोज २६ – मर्मत सम्भारको काम गुणस्तरीय नहुँदा कोशी राजमार्गको चित्रे–म्याङलुङ्ग खण्ड जीर्ण बनेको छ । धेरै रकम खर्च गरेर कालोपत्रे, ग्राभेल, सोलिङ, नाली निर्माणजस्ता काम गरिएको भए पनि अहिले ती सबै भत्किएर क्षतविक्षप्त भएका छन् । 

सडक निर्माण तथा स्तरोन्नतिको काम गुणस्तरीय नहुँदा सडक भत्किएर लथालिङ्ग बनेको स्थानीयबासीको आरोप छ । वर्षाले सडकका हजारौं ठाउँमा खाल्डाखुल्डी बनेको ३१ किलोमिटर यस खण्डमा यात्रा गर्दा साढे ३ घण्टासम्म लाग्ने गरेको यात्रुको गुनासो छ । 

क्षमताभन्दा बढी भार भएका गाडी गुडाउनाले पनि सडक छिट्टै भत्किएको हो । पूर्वी तराईबाट पहाडमा आउने निर्माण सामग्रीहरू सिमेन्ट, रड, बालुवा, इँटा, गिटी, पुल तथा सडकका भारी सामान, विद्युतका सामानजस्ता अत्यधिक भार बोकेर आउने सवारीले पनि सडकलाई भत्काउने गरेको छन् ।

त्यस्तै पहाडबाट पूर्वी तराईतर्फ निर्यात हुने गोलिया, तरकारीलगायतका बढी भार बोकेर गुड्ने गाडीले पनि पहाडको सडक भत्काउन मद्दत पु¥याएका छन् । सडकले थाम्ने भन्दा बढी भार बोकेर गाडी गुडे पनि प्रशासनले त्यसलाई नियन्त्रण गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया