MENU

समाज

Ncell Axiata
NIC Asia

१० लाखभन्दा बढिको चाँँदीसहित एक भारतीय युवक पक्राउ

महोत्तरी, असोज २६ – महोत्तरी प्रहरीले एक जना भारतीय युवकलाई लाखौँ मूल्य वराबरको चाँदीसहित पक्राउ गरेको छ  । 

प्रहरीले बिहीबार दिउँसो मनरा सिसवा नगरपालिका वडा नं.४ मा चेकजाँच गर्दा भारत विहारका सितामढी जिल्लाका २९ वर्षका मुकेश कुमार महतो सुडीलाई १० लाख भन्दा बढी मुल्य बराबरको चाँदीसहित पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ BR06AH9239  नम्बरको कालो रंगको मोटरसाइकलमा गैरहेको क्रममा प्रहरीले खानतलासी गर्दा महतोको शरीरबाट पाकेटहरुमा लुकाई राखिएको १० लाख ९ हजार ५१६ रुपैयाँ बराबरका चाँदी बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बरामद भएको चाँदीसहित मुकेश कुमार महतो सुडीलाई कारवाहीको लागि राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय पथलैया बारामा बुझाउने तयारी भैरहेको प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया