MENU

राजनीति

Ncell Axiata
NIC Asia

​राजपा कचनपुरद्वारा १२ जना उम्मेदवारको नाम सिफारिस

दुर्गा उपाध्याय/उज्यालो । 

कञ्चनपुर, असोज २६ – आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावका लागि राष्ट्रिय जनता पार्टी कञ्चनपुरले १२ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । राजपाले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष/समानुपातिक गरी १२ जनाको नाम सिफारिस गरेको हो । 

राष्ट्रिय जनता पार्टी ७ नम्बर प्रदेशका प्रवक्ता अम्बादत्त तिवारीले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि प्रत्यक्ष र समानुपातिक गरी १२ जनाको नाम केन्द्रमा पठाएको जानकारी दिए ।

तिवारीका अनुसार राजपा कञ्चनपुरले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ एकजना पल्टु रानालाई मात्रै अघि सारेको छ । रानाको नाम प्रतिनिधिसभाको प्रत्यक्षका लागि निर्वाचन क्षेत्र नम्बर १ बाट अघि सारिएको हो । त्यस्तै, प्रतिनिधिसभाको समानुपातिकतर्फ क्षेत्र नम्बर १ बाट कसैको पनि नाम अघि सारिएको छैन भने क्षेत्र नम्बर २ बाट प्रेमवती राना र क्षेत्र नम्बर ३ बाट अम्बादत्त तिवारीको नाम पठाइएको छ । 

यस्तै, प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फ पर्शुराम बडायक, लुक्ष्छु राना र राम प्रसाद चौधरी छन् भने समानुपातिकतर्फ १ को (क) बाट केशव बहादुर बडायक र कुकरा राना (ख) बाट शारदा राना र रामकिशन राना परेका छन् । 

त्यसैगरी, प्रदेशसभाका लागि क्षेत्र नम्बर २ बाट समानुपातिकतर्फ माया चौधरी र रमेशलाल रानाको नाम पठाइएको छ भने क्षेत्र नम्बर ३ मा लोकराज भट्टको नाम सिफारिस गरिएको छ ।

हाललाई समानुपातिकतर्फको नाम सिफारिस गरिएको भन्दै राजपा कञ्चनपुरले प्रनिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षका लागि पनि चाडै नै नाम टुङ्गो लगाइने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • केन्द्र र प्रदेश सरकार कसरी बन्छन् ?

    काठमाडौं, मंसिर २७ –चुनावबाट प्रत्यक्षतर्फ १ सय ६५ जना र समानुपातिकतर्फ १ सय १० गरी संघीय संसदमा जम्मा २ सय ७५ जना सांसद चुनिन्छन् । संघीय संसद अर्थात प्रतिनिधिसभाको अवधि पाँच बर्षको हुनेछ ।

  • सरकारले सात प्रदेशमा संयोजक तोक्न मिल्दैन : नेता नेपाल

    काठमाडौं, मंसिर २७ –एमाले नेता माधवकुमार नेपालले मुलुकमा काम चलाउ सरकारले सात प्रदेशमा प्रतिनिधि तोक्न नमिल्ने बताउनुभएको छ ।

  • सोलुखुम्बुमा १८ जनामध्ये १२ जनाको जमानत नै जफत

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सोलुखुम्बुबाट उम्मेदवार बनेकामध्ये विजेता र उपविजेता बाहेक सबैको जमानत जफत भएको छ । सोलुखुम्बुबाट १८ जना प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेकोमा १२ जनाको जमानत जफत भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उम्मेदवार बनेका सोलुखुम्बुबाट १८ जनामध्ये १२ जना उम्मेदवारले निर्वाचन ऐन अनुसारको मत ल्याउन नसक्दा जमानत जफत भएको हो ।

  • रेशम चौधरीको प्रमाणपत्र निर्वाचन आयोगमा पठाइयो

    कैलाली, मंसिर २७ –कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी टिकापुर घटनाका मुख्य योजनाकारको आरोप लागेका रेशम चौधरीको प्रमाणपत्र निर्वाचन आयोग काठमाडौं पठाइएको छ ।

  • ‘लाल’ नेपालसँग कस्तो व्यवहार गर्छ ‘गेरु’ भारत ?

    मंसिर २६ –२७५ सिट रहेको प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फबाट १६५ र समानुपातिकतर्फ ११० जना सांसद चुनिनेछन् ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया