MENU

समाज

Ncell Axiata

​निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अन्त्येष्टि

काठमाडौं, असोज २६ – नचिनेका मानिसको गोली प्रहारबाट ज्यान गुमाएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

सोमबार घरबाट कार्यालय जान निस्केका गौचनको नयाँ बानेश्वरको प्रयागमार्गमा नचिनेका मानिसले गोली हानेपछि ज्यान गुमाएका गौचनको बिहीबार चार दिनपछि थकाली परम्परानुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उहाँको पार्थिव शरीरलाई छोरा संस्कारले दागबत्ती दिनुभएको थियो । 

गौचनको हत्यारालाई चाँडो पत्ता लगाई कारबाही गर्नुपर्ने, उहाँलाई शहीद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनुपर्नेलगायत माग राखी महासंघ र गौचनका परिवारले शव बुझ्न मानेका थिएनन् । गृहमन्त्री जनार्दन शर्माले बिहीबार स्वर्गीय गौचनलाई शहीद घोषणा र व्यवसायीलाई सुरक्षा दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

गौचनको शव बिहान १० देखि अपराह्न १ बजेसम्म महासंघको कार्यालय अनामनगर र अपराह्न २ देखि ४ बजेसम्म थकाली सेवा समाजको कार्यालय बालाजुमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । उहाँको शवमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिनुभएको थियो । 

यस्तै गृहमन्त्री शर्मा, वन तथा भूसंरक्षणमन्त्री विक्रमबहादुर पाण्डे, काँग्रेस नेता प्रकाशमान सिंह, नेकपा(माओवादी केन्द्र) की नेत्रृ पम्फा भुसाललगायतले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । महासंघदेखि थकाली सेवा समाजको कार्यालय लैजाँदा शवयात्रा निकालिएको थियो । त्यस्तै थकाली सेवा समाजको कार्यालयबाट पशुपतिसम्म लैजाँदा ५ सय मोटरसाइकलको यात्रा निकालिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया