MENU

समाज

Ncell Axiata

सुन बोक्ने भरियाले नै ६ किलो सुन लुकाएपछि...

काठमाडौं, असोज २६ – सुन बोक्ने भरिया गगन लामाले ६ किलो सुन लुकाएपछि उनको हत्या भएको छ । गगन लामाको हत्यामा संलग्न पाँचजनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । रसुवाको पार्वतीकुण्ड गाउँपालिका–३ घर भएका लामाको काठमाडौंको नागार्जुन नगरपालिका–३ स्थित ढुंगाखानी असोज १४ गते हत्या भएको थियो । 

घटनामा संलग्न भएको आरोपमा प्रहरीले रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ का लाक्पा ग्याल्जेन, ग्याल्जेनको फूपु दिदीको छोरा छिरिङ तामाङ, रसुवाको साविकको डाँडागाउँ गाविसकी सविना थोकर, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका प्रकाश शाक्य र रसुवाको पार्वतीकुण्ड–३ का लाक्पा तामाङ छन् ।

यस्तो छ घटना विवरण

लाक्पा ग्याल्जेनको चिनिया नागरिक वोई र तेन्जिङसँग व्यापारको क्रममा चिनजान भएको थियो । चिनजान अनुसार गत असारको पहिलो हप्तातिर उनीहरुबिच अवैध सुनको कारोबार गर्ने सल्लाह भएको थियो । चिनिया नागरीक वोई समेतले १८ किलो सुन चीनबाट केरुङसम्म ल्याई भन्सार छली काठमाडौंसम्म ल्याउनको लागि सुन लाक्पा ग्याल्जेनको जिम्मा दिइएको थियो । 

त्यो सुन किर्ती भन्ने छिरिङ तामाङमार्फत काठमाडौंसम्म पुर्‍याउन गगन लामाले जिम्मा लिएका थिए ।  लामाले सुन लिई गणेश हिमालको फेदीबाट रसुवाको स्याफ्रुबेसी हुँदै आएका थिए । पछि लामाले सुन लुटियो भन्ने बहाना बनाई १२ किलो सुन फिर्ता दिई ६ किलो सुन आफैंले लुकाएका थिए । 

६  किलो सुन लिई भागे पछि लाक्पा ग्याल्जेन र छिरिङ तामाङ समेतले गगन लामाको खोजी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । 

पछि गगन लामाको सविना थोकर तामाङसँग फोन सम्पर्क हुने गरेको कुरा छिरिङ तामाङले थाहा पाएका थिए । उनीमार्फत लाक्पा ग्याल्जेनले सविना थोकरलाई सम्र्पक गरी आर्थिक प्रलोभनमा पारी मिति असोज १४ गते दिउँसो सविना थोकरले गगन लामालाई फोन गरी काठमाडौंको बनस्थली नजिक बोलाएकी थिइन् ।

लाक्पा ग्याल्जेन, प्रकाश शाक्य, छिरिङ तामाङ, लाक्पा तामाङ समेतका व्यक्तिहरुले गगन चढी आएको मोटरसाइकल कब्जामा लिई नागार्जुन नरपालिका–५ आदेश्वर चिहानडाँडामा पुर्यााई चक्कु समेत प्रहार गरेको हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया