MENU

राजनीति

Ncell Axiata

​सीमा रक्षक देवनारायण यादव नेकपा एमालेमा प्रवेश, उम्मेदवार बनाउने चर्चा

सप्तरी, असोज २६ – सीमा रक्षा गरेर चर्चा पाएका सप्तरीको तिलाठीका सीमा रक्षक देवनारायण यादव नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

उहाँले बिहीबार नेकपा एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर पार्टी प्रवेश गर्नुभएको हो ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतले अनधिकृत रुपमा निर्माण गरेका भौतिक संरचना र बाँध भत्काउने अभियानको नेतृत्व यादवले गर्नुभएको थियो । त्यसक्रममा भारतीय सीमा सुरक्षा बल र अतिक्रमणकारीले उहाँमाथि सांघातिक आक्रमण गरेको थियो ।

त्यसपछि चर्चामा आएका यादवलाई गत साता भारतीय प्रहरीले पक्राउ गरेको थियो । भारतीय प्रहरीले पक्राउ गरेका छोरालाई छुटाउन गएका उहाँलाई पनि हिरासतमा लिएर अपहरण मुद्दा चलाइएको थियो । तर, यादव साधारण तारेखमा छुट्नुभएको छ ।

नेपाली कांग्रेसबाट २०५४ मा क्षेत्रीय सदस्य बन्नुभएका यादव कांग्रेसका जिल्ला कार्यसमिति सदस्य हुनुहुन्थ्यो । उहाँले एमालेले लिएको राष्ट्रियताको अडान र आफ्नो अभियानबीच मेल खाएकाले पार्टी प्रवेश गरेको बताउनुहुँदै उहाँलाई एमालेले आसन्न चुनावमा उम्मेदवार बनाउने श्रोतबाट बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया