MENU

समाज

Ncell Axiata

शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई सार्वजनिक बहिस्कार गर्ने विद्यार्थी संगठनको घोषणा

काठमाडौं, असोज २६ – शिक्षा ऐनको नवौ संशोधन विधेयक ल्याएर सार्वजनिक शिक्षाको गुणस्तर खस्काएको भन्दै विभिन्न नौ विद्यार्थी संगठनले शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई सार्वजनिक बहिस्कार गर्ने घोषणा गरेका छन । 

साथै विद्यार्थीहरुले विधेयक प्रमाणिकरण नगर्न पनि राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यानाकर्षण गराउने भएका छन । अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियु पाँचौं, अनेरास्ववियु छैठौं, नयाँशक्ति विद्यार्थी युनियन, राजपा विद्यार्थी संगठन, लोकतान्त्रिक विद्यार्थी संगठनलगायतका नौ विद्यार्थी संगठनको बिहीबार बसेको बैठकले मन्त्री श्रेष्ठले सार्वजनिक शिक्षा क्षेत्रलाई तहसनहस पारेकाले बहिस्कार गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । 

विधेयक हाल प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा छ । विधेयक प्रमाणीकरण नगर्न शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेरै आग्रह गरिने उहाँले बताउनुभयो । अस्थायी शिक्षकलाई स्थायी गराउने आशयसहितको विधेयक प्रमाणीकरण नगर्न यसअघि शिक्षाविदले पनि राष्ट्रपतिलाई आग्रह गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया