MENU

राजनीति

Ncell Axiata
NIC Asia

​सुरक्षा व्यवस्था चुस्त पार्न आयोगको आग्रह

काठमाडौं, असोज २६ – निर्वाचन आयोगले मंसिरमा हुन लागेको प्रदेश र प्रतिनिधिसभाको चुनावका क्रममा केन्द्रिय स्तरका नेताको सुरक्षामा विशेष ध्यान दिन सुरक्षा निकायलाई आग्रह गरेको छ । 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र केन्द्रिय अनुसन्धान ब्युरो सिआइबीका प्रमुखसँग बिहीबार छलफल गरेपछि आयोगले मनोनयनपत्र दर्ता गर्ने दिन विशेष ध्यान दिन पनि भनेको छ । यस्तै पहिलो चरणको चुनावपछि सदरमुकाममा ल्याइएका मतपेटिका, पर्यवेक्षक र उम्मेद्वारको सुरक्षा व्यवस्था गर्न सरकारलाई आयोगले निर्देशन दिएको हो । 

छलफलमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले चुनावमा संवेदनशील क्षेत्र र उम्मेद्वारको सुरक्षामा ध्यान दिन पनि सुरक्षा प्रमुखसँग आग्रह गर्नुभयो । 

छलफलमा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले चुनावमा नेपाली सेनालगायत चारवटै सुरक्षा निकाय परिचालित हुने र म्यादी प्रहरी पनि नियुक्ति गरिने भएकाले निर्वाचन आचारसंहिताको उल्लङ्घन हुन नदिने किसिमले सुरक्षा व्यवस्था मिलाइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया