MENU

राजनीति

Ncell Axiata

​कांग्रेस एमालेबिच कुरा नमिलेपछि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएन

काठमाडौं, असोज २६ – नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति जुट्न नसकेपछि संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएन । 

विधेयकको प्रस्तावनादेखि सम्बन्धनको प्रक्रियासम्म राजनीतिक दलबिच विवाद भएपछि विधेयक संसदमै रोकिएको छ । संसदीय समितिले तयार पारेको प्रतिवेदनमा सरकारले अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन हुने गरी पारित गराउन खोजे पनि एमालेको विरोधका कारण विधेयक अगाडि बढ्न नसकेको हो । 

विवादका कारण विधेयक रुपान्तरिक संसदबाट पारित नहुने लगभग निश्चित भएको छ । भोलि अन्तिम बैठक बस्ने भए पनि विवाद सुल्झन सकेको छैन । बिहीबार बिहान सभामुखले विधेयकबारे मुख्य दलका नेताहरुसँग छलफल गरे पनि आफ्नो अडानबाट पछि नहट्ने बताएपछि आज संसदबाट पारित हुन नसकेको हो । कांग्रेस विधेयकको प्रस्तावना र कलेज सम्बन्धनलाई डा. केसीको मागअनुसार अगाडि बढाउन समितिको प्रतिवेदन संशोधनको पक्षमा उभिएको छ । 

नेकपा एमाले भने समितिले पारित गरेको प्रतिवेदनका आधारमा विधेयक पारित गर्ने पक्षमा छ । समितिले प्रतिवेदन तयार पारी दसैँअघि नै संसदमा प्रस्तुत गरेपनि विवादका कारण विधेयक पारित हुन सकेको छैन । यस्तै राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धी विधेयक पनि अहिलेको संसदबाट पारित नहुने संभावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया