MENU

मनोरञ्जन

Ncell Axiata
NIC Asia

यसरी गर्दैछन् रजनीकान्त र अक्षय कुमारले ४ सय करोडको ‘२.०’ को सुटिङ (भिडियोसहित)

असोज २६ – रजनीकान्त र अक्षय कुमार अभिनित चलचित्र ‘२.०’ ले भारतीय सिने उद्योगका लागि विशेष चलचित्र हुनेछ । यो अहिलेसम्मकै बढी लगानी भएको चलचित्र हुनेछ । 

निर्देशक शंकरको ‘रोबोट’को सिक्वेल ‘२.०’ अहिलेसम्मकै महंगो चलचित्र हुनेछ । यो चलचित्र बनाउनका लागि झण्डै ४ सय करोड रुपैयाँ भारतीय रुपैयाँ खर्च भएको बताइएको छ । यसमा चलचित्रको प्रचार–प्रसारको खर्च भने जोडिएको छैन ।

 

चलचित्रमा अन्तर्राष्ट्रिय स्तरको स्पेसल इफेक्ट्स हेर्न पाइनेछ । जसका कारण पनि चलचित्रको लागत बढेको बताइएको छ । चलचित्र निर्माण पक्षले जनाए अनुसार अक्टोबर २७ मा चलचित्रको गीत दुबईमा रिलिज हुने तयारीमा छ । म्युजिक रिलिजको इभेन्टका लागि मात्रै १२ करोड भारतीय रुपैयाँ खर्च हुने बताइएको छ । 

चलचित्र ‘२.०’ २०१८ को जनवरी २५ मा रिलिज हुनेछ । फिल्मको टिजर नोभेम्बरमा हैदरावादमा रिलिज हुनेछ भने ट्रेलर डिसेम्बरमा चेन्नईमा लन्च गरिनेछ । 

यो चलचित्र सन् २०१० मा आएको ‘रोबोट’ को सिक्वेल हो जसमा ऐश्वर्या राय र रजनीकान्त थिए । सिक्वेलमा भने् रजनीकान्तसँग अक्षय कुमार देखिनेछन् । अक्षय कुमार १२ अलग–अलग अवतारमा देखिनेछन् । चलचित्र ‘२.०’ चीनमा मात्रै झण्डै २० हजार स्क्रिनमा सार्वजनिक गर्ने तयारीमा निर्माण पक्ष रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया