MENU

खेल

Ncell Axiata
NIC Asia

​आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : हङकङको तेस्रो विकेट पतन

काठमाडौं, असोज २७ – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले राम्रो सुरुवात गरेको छ । नेपालका लागि सन्दिप लामिछानेले तेस्रो विकेट लिएका छन् । सन्दिपले निजाकत खानलाई १२ रनमै पेभेलियन फर्काइदिएका छन् । 

कप्तान पारस खड्काको बलमादिपेन्द्र सिंह ऐरीले हङकङका भरपर्दा ब्याट्सम्यान बबर हायातलाई रन आउट गर्दै दोु्रो विके६ दिलाएका थिए ।  १९ ओभरको समाप्तीमा हङकङले ३ विकेट गुमाउँदै ७१ रन बनाएको छ । 

टस जितेर पहिला बलिङ गरेको नेपालले हङकङले रनको खाता नखोल्दै विकेट लिएको थियो । करण केसीले चौथो ओभरेको चौथो बलमा हङकङका ओपनर अन्सुमान रथलाई आउट गरेका थिए । 

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा परेर सन् २०१९ को विश्वकपमा छनौट हुने संभावना कायम राख्न नेपाललाई हङकङसँगका दुवै खेल जित्नु पर्ने दवाव छ । नेपालले अर्को खेल आइतबाबार खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया