MENU

खेल

Ncell Axiata

आजदेखि जोरखाने तथा कुस्ती प्रतियोगिता सुरु

काठमाडौं, असोज २७ – शुक्रबारदेखि प्रथम दक्षिण एसियाली जोरखाने तथा कुस्ती पेहलवानी प्रतियोगिता सुरु हुँदै छ । 

नेपाल जोरखाने खेलकुद संघको आयोजनामा केहिबेरमा सुरु हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान गरी ८ राष्ट्रका ८० खेलाडी सहभागी हुने छन् । 

जोरखानेमा ७ र कुस्तीमा ५ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोतिगामा  नेपालबाट सुमिर साह, मुकेशकुमार ठाकुर, कुन्दन साह तुराहा, रोहित महर्जन, रोजन महर्जन, राजु महर्जन र रोजित महर्जनले प्रतिस्पर्धा गर्नेछन् । शनिबार सकिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

यसैबीच नेपाल जोरखाने संघले कीर्तिपुरमा पाँच वर्ष भित्रमा करिब ९२ करोड रुपैयाँको लागतमा बहुउद्धेश्यीय कर्भड हल बनाउने भएको छ । यस विषयमा संघ ,अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघ र कीर्तिपुर नगरपालिकाविच विहिबार त्रिपक्षीय सम्झौता भएको हो । 

सम्झौता पत्रमा संघका अध्यक्ष सुरेन्द्र मानन्धर र महासंघका अध्यक्ष एवंम इरानका पूर्व उपराष्ट्रपति मोहसेन मिरालिजादेले हस्ताक्षर गर्नु भएको हो ।  कुल लागतको ७५ प्रतिशत महासंघ र बाँकी २५ प्रतिशत संघले व्यवस्था मिलाउने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

कर्भड हल बनाउनको लागि कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले वडा नम्बर १० मा १८ देखि २० रोपनी जग्गा उपलब्ध गराउनको लागि सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया