MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
NIC Asia

​दिल्लीका मुख्यमन्त्री केजरीवालको कार चोरी, सामाजिक सञ्जालमा मजाक उडाइयो

असोज २७ – दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालकाृ चर्चित वेगन आर कार बिहीबार सचिवालयबाट गायब भएको छ । मुख्यमन्त्री केजरीवालको कार चोरी भएको खबर समाचार एजेन्सी पिटिआईले दिल्ली प्रहरीलाई उदृत गर्दै जनाएको छ । 

मुख्यमन्त्री केजरीवालको कार चोरीको खबर आएसँगै सामाजिक सञ्जालमा केजरीवालको मजाक उडाए । @ProudBhagavathi  नामको ह्यान्डलबाट ट्वीट गर्दै रुपा मुर्थी लेख्छिन्, ‘जसले केजरीवालको नीलो वेगन आर कार चोरेको छ, के तिमीले कार बेचेर पटाखा किन्नेछौै ? तिमीले बिल्कुलै सही सोचेका छौ ।’

त्यस्तै @AskAnshul नामको ह्यान्डलबाट अंशुल सक्सेना लेख्छन, ‘केजरीवालको वेगन आर दिल्ली सचिवालय नजिकैबाछट चोरी भएको छ । १ लाख ५० हजार सिसिटिभी क्यामेरामा चेक गर्नुहोस्, जुन आप सरकारले दिल्लीमा लगाएको छ । प्रधानमन्त्री मोदीले राजिनामा दिनुपर्छ । ’ धेरैले दिल्लीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउँदै मुख्यमन्त्रीको आलोचना गरेका छन् । 

सुनिता सिंह लेख्छिन्, ‘दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालकै कार चोरी हुन्छ भने सर्वसाधरण कसरी सुरक्षित महसुस गर्छन् ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया