MENU

अर्थ

Ncell Axiata

गल्कोट महोत्सवमा एक करोडको कारोबार

 

बागलुङ,  असोज २७ - बागलुङको गल्कोटमा सञ्चालन भएको प्रथम गल्कोट सांस्कृतिक महोत्सवमा हजारौँले महोत्सवको अवलोकन गरेका छन् । 

यही असोज १८ देखि सञ्चालन भएको सांस्कृतिक महोत्सवको नौ दिनसम्म झण्डै १८ हजार मानिसले महोत्सवको अवलोकन गरेको प्रथम गल्कोट सांस्कृतिक महोत्सव व्यवस्थापन समितिका अध्यक्ष हर्क पाण्डेले जानकारी दिनुभयो । 

साथै, महोत्सवमा सञ्चालित भएका होटल व्यवसायी, झुला पिङ, फलफूल, ६८ स्टलका फेन्सी, कपडा पसल, मोबाइललगायत गरी महोत्सवको नौ दिनसम्म झण्डै रु एक करोड कारोबार भएको अनुमान गरिएको महोत्सव व्यवस्थापन समतिका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । 

समग्र गल्कोट क्षेत्रको पर्यटन तथा कला संस्कृति प्रचारपसार प्रवद्र्धनका लागि प्रथम गल्कोट महोत्सव केन्द्रित रहेको समेत महोत्सव व्यवस्थापन समितिका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । 

सांस्कृतिक महोत्सवमा प्रथम गल्कोट डान्स आइडल, खुल्ला लोकदोहोरी प्रतियोगिता, महिला रत्यौली गीत तथा नृत्य, खुल्ला भलिबल प्रतियोगिता राष्ट्रिय तथा स्थानीय कलाकार प्रस्तुति, हास्य व्यंग्ङ्य र बाल मनोरञ्जन, गल्कोटका सांस्कृतिक झाँकी, सर्वाधिक सस्तो बजारलगायत महोत्सवका मुख्य आकर्षण रहेका हिमालयन म्यूजिकल इमेन्ट म्यानेजमेन्ट प्रालिका सचिव मोहन केसीले जानकारी दिनुभयो । 

विशेष गरी महोत्सव पर्यटन क्षेत्रको प्रवद्र्धन र प्राकृतिक प्रकोपबाट पीडितको सहयोगार्थ गरिएको प्रालिका सचिव केसीले जानकारी दिनुभयो । 

महोत्सवमा केही कार्यक्रम समयभित्र सक्न प्राविधिक समस्या भएको हुँदा महोत्सवलाई दुई दिन लम्बाएर असोज ३० गतेसम्म सञ्चालन हुने हिमालयन म्यूजिकल इभेन्ट म्यानेजमेन्ट प्रालिका सचिव मोहन केसीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विदेशी मुद्राको विनिमय दर

    काठमाडौं, कात्तिक २ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६७ पैसा र विक्रिदर २७ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५० पैसा र विक्रिदर २८ रुपैयाँ ६६ पैसा छ ।

  • ​दिनारको मूल्य बढ्यो, रियाल, रिंगिट र दिर्हाम पनि उकालो लाग्दै

    काठमाडौं, कात्तिक १ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६६ पैसा र विक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ ।

  • शेयरमा लगानी गर्न चाहनेलाई जानकारी दिन सफ्टवेयर

    काठमाडौं, असोज ३१ – शेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ ।

  • नेप्से आज झण्डै ६ अंकले घट्यो

    काठमाडौं, असोज ३१ – शेयर बजार परिसूचक नेप्से मंगलबार झण्डै ६ अंकले घटेको छ । सोमबार ४७ अंकभन्दा धेरैले बढेको नेप्से मंगलबार ५ दमशमलव ६२ अंकले घटेर १३ सय ५९ दशमलव १८ अंकमा झरेको हो ।

  • सटही व्यापारको चलन कायमै

    धनगढी, असोज ३१ – नेपालका कतिपय गाउँबस्तीमा एक वस्तुसँग अर्को बस्तु साटासाट गरी आफ्नो आवश्यकता पूरा गर्ने पुरानो परम्परा अझै कायम रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया