MENU

समाज

Ncell Axiata
NIC Asia

गाउँपालिकाको भवन निर्माणका लागि जग्गा दिन होडबाजी

तेह्रथुम, असोज २७ –तेह्रथुमको आठराई गाउँपालिकालाई भवन निर्माणका लागि जग्गा दिन चाहनेको होडबाजी नै चलेको छ । 

गाउँपालिकाले संयुक्त सरकारी भवन निर्माणका लागि गाउँपालिकाको केन्द्र सक्रान्तिबजार आसपास ऐलानी जग्गाले नछोएको जग्गा दिन चाहने जग्गाधनीबाट आवेदन माग गरेको थियो । गाउँपालिकाको भवन निर्माणसँगै आसपासमा बजार विकास हुने र जग्गाको मूल्य बढ्ने भएकाले निःशुल्क जग्गा दिन जग्गाधनीबीच होडबाजी चलेको हो । 

गाउँपालिकालाई छ रोपनीदेखि ३१ रोपनीसम्म जग्गा निःशुल्क उपलब्ध गराउछु भन्दै छ वटा निवेदन परेको गाउँपालिकाका कम्प्युटर अपरेटर कृष्ण चौलागाईले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया