MENU

समाज

Ncell Axiata
NIC Asia

पर्यटक भिसामा युएई पुगेका १५ युवालाई फर्काइयो, चार जना दलाललाई कारबाहीका लागि सिफारिस

काठमाडौं, असोज २७ – पर्यटक भिसामा युएई पुगेर अलपत्र परेका १५ जना युवालाई नेपाल फर्काइएको छ । 

युएईस्थित नेपाली दूतावासको समन्वय तथा आइओएम नेपाल र एनआरएनए एनसिसी युएईको सहयोगमा बिहीबार उनीहरुलाई नेपाल फर्काइएको हो । खर्च अभावमा खानेबस्ने समस्या भएपछि उनीहरु १० दिन दूतावासको सेल्टरमा बसेका थिए । 

अलपत्र परेर फर्कनेहरुमा मकवानपुरका सुनिल राउत, भिमबहादुर बम्जन, नवराज लो, सुन्दर तामाङ्ग, दिपेन्द्र साम्देन र सुकुराम थिङ छन् । त्यस्तै, बाग्लुङका इन्द्रबहादुर थापा र राजु थापा, नवलपरासीका कृष्णबहादुर भुजेल, सल्यानका कमल बुढाथोकी, तनहुँका ज्ञानबहादुर तामाङ, गोरखाका चन्द्रबहादुर गुरूङ, बाँकेका तुलसीप्रसाद शर्मालाई नेपाल फर्काइएको छ । 

सिन्धुपाल्चोकका  फुञ्जो तामाङ र काभ्रेपलाञ्चोक नरेश तामाङलाई भने यसअघि नै नेपाल फर्काइएको छ । मकवानपुरका सिमोन बम्जनको पासपोर्ट हराएकाले ‘पुलिस क्लियरेन्स’ पछि मात्रै नेपाल फर्काइने छ । 

मोटो रकम लिइ ठगेको भनेर पीडितहरुले दिएको उजुरीका आधारमा इश्वरी भण्डारी, केशव थापा, दिनेश लामा मोक्तान, रामेश कांमरलाई कारबाहीका लागि सिफारिस गरिएको दूतावासले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • चार शहरमा एनसेलको फोरजी केन्द्रित मेला हुने

    काठमाडौं, मंसिर २६ – मोबाइल सेवा प्रदायक एनसेलले देशको चार शहरमा एनसेल मेला आयोजना गर्दैछ । ग्राहकसँग खुसी साटासाट गर्न आउँदो पुस ८ देखि पोखरा, विराटनगर, बुटवल र ललितपुरमा मेला आयोजना गर्न लागेको एनसेलले जनाएको छ ।

  • शर्मिलाले हिँड्दा हिँड्दै बाटोमै जन्माइन् छोरा

    जाजरकोट, मंसिर २६ – जाजरकोटमा एक महिला नियमित स्वास्थ्य जाँच गराउन अस्पताल जाँदा बाटोमा नै सुत्केरी हुनुभएको छ । कुशे गाउँपालिका–९ बाट सदरमुकाम खलंगा जाँदै गरेकी शर्मिला नेपालीले बाटोमा नै छोरा जन्माउनु भएको हो ।

  • पहाडी भूभागमा हिमपात

    कालिकोट, मंसिर २६ – कालिकोटको पहाडी भूभागमा वर्षा सँगै हिमपात भएको छ । लामो समय पानी नपरेको कालिकोटमा वर्षासँगै हिउँ परेको हो । कालिकोटको तल्लो भेगमा पानी परेपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।

  • सप्तरीमा खुल्ला ठाउँमा दिसा गर्ने १२ जना पक्राउ

    सप्तरी, मंसिर २५ – सप्तरीमा खुला ठाउँमा दिसा गर्ने १२ जना भन्दा धेरै व्यक्ति पक्राउ परेका छन । सन् २०१७ सम्म जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने अभियानलाई चुनौती दिँदै खुल्ला शौच गर्ने व्यक्तिहरुलाई स्थानीयबासीले पक्राउ गरेर सामाजिक सजाय गर्न थालेका छन् ।

  • ​मर्निङवाक जाँदा दुवईमा एक नेपालीको मृत्यु

    मंसिर २४ – रोजगारीका लागि युएई आएका एक नेपालीको मर्निङवाकका क्रममा ज्यान गएको छ ।

सबै हेर्नुहोस

सोसल मिडिया