MENU

समाज

Ncell Axiata
NIC Asia

​मोटरसाइकल तथा स्कुटरमा बालबालिकासहितको यात्रा यसरी हुन्छ सुरक्षित (भिडियोसहित)

काठमाडौं, असोज २७ – नेपालमा दिनहुँ सवारी दुर्घटना हुने गरेको छ । दुर्घटनामा वर्षेनि सयौँले अकालमै ज्यान गुमाउने गरेका छन् । कतिपय दुर्घटना बाटोको कारणले हुने गर्छ भने कतिपय चालकले गर्ने लापरबाहीले । सावधानीपूर्वक सवारी चलाउने हो भने दुर्घटना न्यूनिकरण गर्न सकिन्छ । धेरैले ट्राफिक प्रहरीको आँखा छलेर ट्राफिक नियम मिच्दा गर्व गर्छन तर त्यही गर्वले आफूलाई दुर्घटनाको शिकार बनाउँछ भन्ने कुराको चाहिँ हेक्का राख्दैनन् । अझ ट्राफिकले देख्दैनन् भनेर क्षमताभन्दा बढी यात्रु चढ्ने, मोटरसाइकल तथा स्कुटरमा पनि दुई जना भन्दा बढी यात्रु चढ्ने गर्दछन् । मोटरसाइकलमा पछाडि बसेर यात्रा गर्नेले हेलमेट त लगाउने गरेको पाइँदैन । त्यस्तै मोटरसाइकलमा स–साना बालबालिकालाई असुरक्षित तरिकाले राखेर यात्रा गरेको पाइन्छ ।

 

तर सबै यात्रु असावधानी अपनाउँछन् भन्ने चाहिँ होइन । त्यस्तै एक दृश्य कैद गर्नुभएको छ ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथुले । नयाँ बानेश्वरबाट मोटरसाइकलमा गन्तव्यतर्फ जाँदै गरेकी एक महिलाले पछाडि सानी बालिकालाई राखेकी छिन् । उनले ती बालिकालाई हेलमेट पनि लगाइदिएकी छिन् । त्यति मात्रै होइन, उनले ती बालिकालाई पटुकाले कम्मरमा अाफूसँगै बाँधिदिएकी छिन् । ती महिलाबाट धेरैले पाठ सिक्नुपर्ने ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथुले बताउनुभयो । 

ट्राफिक प्रहरी निरीक्षक हाछेथु नेपालमा पुरुषभन्दा महिलाले सावधानीपूर्वक सवारी चलाउने गर्छन् भन्नुहुन्छ । यदि सबैले यस्तै सावधानीपूर्वक सवारी साधन चलाउने हो भने दुर्घटना कम  हुने भन्दै हाछेथु भन्नुहुन्छ, ‘सवारी नियम ट्राफिकका लागि होइन, आफ्नै लागि हो भनेर सबैले बुझ्ने हो भने सवारी दुर्घटना कम हुन्छ ।’ उहाँले बालबालिकालाई मोटरसाइकलमा राखेर यात्रा गर्दा हेलमेट र बेल्ट अनिवार्य रुपमा बाँधिदिनु पर्ने बताउनुभयो । 

 

​मोटरसाइकल तथा स्कुटरमा बालबालिकासहितको यात्रा यसरी हुन्छ सुरक्षित (भिडियोसहित)

​मोटरसाइकल तथा स्कुटरमा बालबालिकासहितको यात्रा यसरी हुन्छ सुरक्षित (भिडियोसहित)

​मोटरसाइकल तथा स्कुटरमा बालबालिकासहितको यात्रा यसरी हुन्छ सुरक्षित (भिडियोसहित)

​मोटरसाइकल तथा स्कुटरमा बालबालिकासहितको यात्रा यसरी हुन्छ सुरक्षित (भिडियोसहित)

​मोटरसाइकल तथा स्कुटरमा बालबालिकासहितको यात्रा यसरी हुन्छ सुरक्षित (भिडियोसहित)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया