MENU

खेल

Ncell Axiata
NIC Asia

​विश्व क्रिकेट लिग च्याम्पियनसिप : हङकङले लियो नेपालको तेस्रो विकेट

काठमाडौं, असोज २७ – विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङले प्रस्तुत गरेको १९५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको नेपालले तेस्रो विकेट पनि गुमाएको छ । 

नेपालले तेस्रो विकेटका रुपमा दिपेन्द्र सिंह ऐरीलाई गुमाएका छन् । उपकप्तान ज्ञानेन्द्र मल्लको स्थानमा आएका दिपेन्द्र ३ रनमै आउट भएका हुन् ।  उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको छ । मल्ललाई ऐजाज खानको बलमा वकास खानले क्याच आउट गरेका हुन् । 

यसअघि  नेपालले ओपनर ब्याट्सम्यान सागर पुन ३ रनमै गुमाएको थियो । उनलाई तनविर अफजलले आउट गरेका हुन् । अहिले क्रिजमा पारस खड्का र अारिफ शेख रहेका छन् । १८ ओभरको  समाप्तीमा तीन विकेट गुमाएर  नेपालले  ६९ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया