MENU

खेल

Ncell Axiata

​विश्व क्रिकेट लिग च्याम्पियनसिप : हङकङले लियो पारस खड्काको विकेट

काठमाडौं, असोज २७ – विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङले प्रस्तुत गरेको १९५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको नेपालले चौथो विकेटका रुपमा कप्तान पारस खड्कालाई पनि गुमाएको छ ।

खड्का २६ रनमा पेभेलियन फर्केका छन् । भरपर्दा ब्याट्सम्यानहरु गुमाउँदै गएपछि नेपालको ब्याटिङ लाइनलाई चुनौती थपिएको छ । 

नेपालले तेस्रो विकेटका रुपमा दिपेन्द्र सिंह ऐरीलाई गुमाएका छन् । उपकप्तान ज्ञानेन्द्र मल्लको स्थानमा आएका दिपेन्द्र ३ रनमै आउट भएका हुन् ।  उपकप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाउँदै अाउट भएका थिए। मल्ललाई ऐजाज खानको बलमा वकास खानले क्याच आउट गरेका हुन् । 

यसअघि  नेपालले ओपनर ब्याट्सम्यान सागर पुन ३ रनमै गुमाएको थियो । उनलाई तनविर अफजलले आउट गरेका हुन् । अहिले क्रिजमा सोमपाल कामी र अारिफ शेख ऐरी रहेका छन् । २० ओभरको  समाप्तीमा चार विकेट गुमाएर  नेपालले ७१ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया