MENU

खेल

Ncell Axiata

विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपालको ब्याटिङ अर्डर समस्यामा, साताैँ विकेट गयो

काठमाडौं, असोज २७ – विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङले प्रस्तुत गरेको १९५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको नेपालले साताैँ विकेटका रुपमा वसन्त रेग्मीलाई गुमाएको छ । रेग्मी शुन्यमै अाउट भएका छन् ।

सेख २३ रन बनाएर आउट भएका हुन् । यसअघि सोमपाल कामीलाई एहसान खानले नै ११ रनमा आउट गरेका थिए ।
कप्तान पारस खड्का २६ रनमा पेभेलियन फर्केका छन् । भरपर्दा ब्याट्सम्यानहरु गुमाउँदै गएपछि नेपालको ब्याटिङ लाइनलाई चुनौती थपिएको छ । 

नेपालले तेस्रो विकेटका रुपमा दिपेन्द्र सिंह ऐरीलाई गुमाएको थियो । उपकप्तान ज्ञानेन्द्र मल्लको स्थानमा आएका दिपेन्द्र ३ रनमै आउट भएका हुन् ।  उपकप्तान ज्ञानेन्द्र मल्ल पनि २१ रनमा आउट भएका थिए ।

यसअघि  नेपालले ओपनर ब्याट्सम्यान सागर पुन ३ रनमै गुमाएको थियो । उनलाई तनविर अफजलले आउट गरेका हुन् । अहिले क्रिजमा बिनोद भण्डारी र वसन्त रेग्मी रहेका छन् । ३० ओभरको  समाप्तीमा सात विकेट गुमाएर  नेपालले ९६ रन बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया