MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
NIC Asia

फोटो खिचाउन पोज दिँदै गरेकी युवतीको समुद्रमा खसेर ज्यान गयो

असोज २७ – इंग्ल्याण्डको इस्ट ससेक्समा फोटो खिचाउन पोज दिँदै गर्दा समुद्रमा खसेर एक युवतीको ज्यान गएको छ । इस्ट ससेक्सको ककमिअर ह्याभेनमा रहेको सेभेन सिस्टर्स क्लिफ्समा फोटो खिचाउने क्रममा २३ वर्षकी दक्षिण कोरियन विद्यार्थी हेवोन किमको ज्यान गएको हो । किम जुन २२ मा त्यहाँ एक्लै घुम्न गएकी थिइन् ।उनले त्यहाँ घुम्न आएका एक जना अपिरिचितलाई फोटो खिच्न लगाएकी थिइन् । फोटोका लागि पोज दिँदै गर्दा उनी पछाडि सर्दै थिइन् तर उनको खुट्टाको सन्तुलन गुमाउन पुगिन् र समुद्रमा खसिन् । इंग्ल्याण्डमा आफ्नो अंग्रेजी सुधार्नका लागि आएकी किमको टाउकोमा गम्भीर चोट लागेको थियो । उनी तस्बिर खिचाउने ध्यानमा थिइन् । दाँया बाँया हेरेकी थिइनन् । किमको आग्रहमा फोटो खिचिदिने २४ वर्षकी कोरियन युवती योङ चोइ भन्छिन् ‘म सेभन सिस्टर्स घुम्न गएकी थिएँ । एकजना अपरिचित कोरियन युवतीले मलाई फोटो खिचिदिन आग्रह गरिन् । म फोटो खिच्दै थिएँ, उनी खसिन् । हामीले आपतकालीन नम्बर ९९९ मा फोन गर्‍यौं त्यसपछि हामीले कोरियन दूतावासमा खबर गर्‍यौं ।’त्यस्तै घटनाका अर्का प्रत्यक्षदर्शी जिन ग्योङ ज्याङ भन्छन् ‘ मैले तिनलाई उभिरहेको देखेको थिएँ । एकछिन पछि हेर्दा उनी त्यहाँ थिइनन् । ड्याम्म आवाज सुनियो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया