MENU

राजनीति

Ncell Axiata

​वाम गठबन्धनसँग डा. भट्टराई रुष्ट, सूर्य चिन्हबाट चुनाव नलड्ने

काठमाडौं, असोज २७ – नयाँ शक्ति पार्टीले सूर्य चिन्ह लिएर चुनाव नलड्ने भएको छ । यसअघि एमाले र माओवादीसँग तालमेल गर्दै सूर्य चिन्हमा चुनाव लड्ने सहमति गरेको नयाँ शक्तिले गठबन्धनमा आफूहरुलाई उचित स्थान नदिइको भन्दै सूर्य चिन्ह लिएर चुनाव नलड्ने जनाएको हो । नयाँ शक्तिको संघीय सचिवालयको विस्तारित बैठकले एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्नुको साटो नयाँ शक्तिकै चिन्ह आँखा लिएर लड्नुपर्नेमा नेताहरुले जोड दिएका हुन् । यद्यपी बैठकले यसको औपचारिक निर्णय भने गरिसकेको छैन । नयाँ शक्तिका नेताहरुका अनुसार सूर्य चिन्ह लिएर चुनाव नलड्ने निर्णय शुक्रबारको बैठकले गर्ने तर गठबन्धनमा रहने कि बाहिरिने भन्नेबारे आजै निर्णय नहुने सम्भावना छ । 

नयाँ शक्तिले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १५ सिट पाउनुपर्ने र अध्यक्ष बाबुराम भट्टराईलाई गोरखाका दुई मध्ये कुनै एक क्षेत्रमा टिकट दिनुपर्ने माग गरेपनि माओवादी र एमालेका नेताले त्यसो गर्न नसकिने बताएपछि डाक्टर भट्टराई रुष्ट हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया