MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
NIC Asia

अमेरिकालाई पछि पार्दै चीन बन्यो सबै भन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश

असोज २७ – अमेरिकालाई समेत जितेर चीन विश्वकै सबै भन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश बनेको छ । 

उत्तरी चीनको तियानजीन शहरमा चलेको एउटा औद्योगिक प्रदर्शनीमा हालै मात्र यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । 
गत सन् २०१६ मा चीनको मुख्य आइसक्रिम उत्पादन गर्ने कारखानाबाट ३३ लाख टन आइसक्रिम उत्पादन गरेको यस सम्बन्धी संस्था ‘चाइना एसोसिएसन अफ बेकरी एण्ड कन्फेक्सनरी इन्डस्ट्री’का प्रवक्ताले जानकारी दिएका छन् । 
उहाँले गत बर्ष चीनले अमेरिकाले भन्दा धेरै आइसक्रिम उत्पादन गरेको दावी गर्नुभयो । 

बीस बर्ष अगाडि चीनमा हरेक व्यक्तिलाई एक लिटर आइसक्रिम पुग्थ्यो भने सन् २०१६ मा त्यो मात्रा बढेर तीन लिटरमा पुगेको छ । 

“अन्य विकसित देशको तुलनामा चीनमा आइसक्रिम उत्पादन गर्ने उद्योगहरू नयाँ नै छन्, त्यसैगरी घरघरमा पनि ठूलो मात्रामा उत्पादन हुन्छ,” उद्योगीहरूको एशोसिएसनका निर्देशक झु निअन्लीनले भन्नुभयो । 
यस बर्ष मात्रै चीनले चार सय ओटा आइसक्रिम प्रदर्शनी संचालन गरेको छ । – रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया