MENU

समाज

Ncell Axiata

​मितेरी समाज युएईद्वारा कास्कीका बाढीपहिरो पीडितलाई सहयोग

उमाकान्त पाण्डे/उज्यालो । युएई, असोज २७ – मितेरि समाज युएईले कास्कीका बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । समाजले कास्कीको माछापुच्छ्रे  – ५ रिभान हुम्दी डाँडागाउँका बाढीपहिरो पीडितलाई १ लाख १ हजार ५ रुपैयाँ सहयोग गरेको हो । 

समाजले युएईमा तीज कार्यक्रम गरेर तथा संस्थाका सदस्यहरुबाट सङ्कलन रकम गाउँमै  पुगेर संस्थाका प्रतिनिधिले हस्तातनरण गरेका हुन् । समाजका सल्लाहकार टिका श्रेष्ठ, सदस्य प्रदिपकुमार पुन, लोक नेपाली, किशन गुरुङ, कीर्तन गुरुङ, समाजसेवी धर्मराज र सरिता सुवेदी, बिष्णु बहादुर केसी लगायतले माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष कृष्णा दवाडी, वडाध्यक्ष जुमबहादुर गुरुङ, वडा सचिव एकनाथ पौडेल लगायतको उपस्थितीमा सहयोग रकम हस्तान्तरण गरेको समाजका कार्यवहाक अध्यक्ष प्रदिप पुन मगरले जानकारी दिनुभयो । 

गएको साउन २५ गते गाउँको खहरे खोलामा आएको बाढीपहिरोले  ११ घर बगाएको थियो । ६ घरमा बस्न नमिल्ने गरी क्षति भएको थियो । समाजले वर्षको दुई पटक नेपालमा र समस्यामा परेका नेपालीलाई युएईमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया