MENU

समाज

Ncell Axiata
NIC Asia

म्याच फिक्सिङ अनुसन्धानका हिरो डिआइजी सर्वेन्द्र र डिएसपी सुदिप एएफसीद्वारा सम्मानित

काठमाडौं, असोज २७ – फुटबल म्याच फिक्सिङको अनुसन्धानमा अतुलनीय सहयोग पर्‍याएको भन्दै एसियन फुटबल कन्फिडरेशनले एएफसीले नेपाल प्रहरी, महानगरीय अपराध अनुसन्धान महाशाखालाई शुक्रबार एक समारोहकाबिच सम्मान गरेको छ । नेपाल प्रहरीका डिआजी सर्वेन्द्र खनाल र डिएसपी सुदिपराज पाठकलाई एफसीका महासचिव डाटो विन्डसोर जोनले एएफसी भवनमा निम्त्याएर सम्मान प्रधान गरेको एएफसीले जनाएको छ । 

नेपाल प्रहरीको अनुसन्धानमा म्याच फिक्सिङमा संलग्न भएको पाएइपछि सन् २०१५ को डिसेम्बरमा एएफसीको सदाचार र अनुशासन समितिले चारजना नेपाली फुटबल खेलाडी र एक अधिकारीलाई आजिवन प्रतिबन्धको घोषणा गरेको थियो । अधिकारी अन्जन केसी र चार खेलाडीहरु विकास क्षेत्री , सन्दिप राई , रितेश थापा  र सागर थापा फुलबलको नियम धमिल्याउँदै म्याच फिक्सिङमा संलग्न रहेको पाइएको थियो । 

म्याच फिक्सिङको अनुसन्धान महानगरीय अपराध अनुसन्धान महाशाखाका तात्कालीन प्रमुख एसएसपी सवेन्द्र खनालले (हाल डिआइजी) गरेका थिए । इन्सपेक्टरका रुपमा रहेका सुदिपराज पाठक (हाल डिएसपी) अनुसन्धान अफिसरको रुपमा अहं भूमिका निभाएका थिए । 

औपचारीक कार्यक्रममा नेपाल पुलिसलाई धन्यावाद दिदैं जोनले भन्नसभयो ‘नेपाल पुलिससँगको सहकार्य र यसको नतिजाले एशियन फुटबल जगतलाई अनुशासित  राख्न ठूलो कोशेढुंगाको काम गरेको छ ।’ 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया