MENU

राजनीति

Ncell Axiata

​प्रधानमन्त्रीले भन्नुभयो – चुनाव तोकिएकै मितिमा हुन्छ, हुन्छ, हुन्छ

मदन पौड्याल/उज्यालो । 

काठमाडौं, असोज २७ – राजनीतिक दलले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । सबैजसो दलका शीर्ष नेताले निर्वाचन आयोग समक्ष निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने लिखित प्रतिवद्धता जनाएका हुन् । आयोगमा भएको छलफलमा आइतबारदेखि चुनावी प्रचारप्रसार सुरु हने भएकाले प्रचारकै चरणदेखि आचारसंहिता पालना गर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका हुन् । 

छलफलमा आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको ७५ प्रतिशत भन्दाबढि तयारी सकिएको जानकारी गराएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिनुभयो । 

उहाँले तयारी अन्तिम चरणमा पुगेको तथा सरकार र दलहरुको प्रतिवद्धता पनि आएकाले तोकिएकै मितिमा प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने स्पष्ट पार्नुभयो । उहाँले समानुपातिकतर्फको बन्द सूचि बुझाउने समय पनि तलमाथि नहुने बताउनुभयो । 

छलफलमा प्रधानमन्त्री शेरवहादुर देउवाले सरकार तोकिएकै मितिमा चुनाव गर्न प्रतिवद्ध रहेकाले आयोगलाई चुनावको तयारी नरोक्न आग्रह गर्नुभएको थियो । छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव तोकिएकै मितिमा सम्पन्न हुने बताउनुभयो । उहाँले भन्नुभयोे ‘चुनाव तोकिएकै मितिमा हुन्छ, हुन्छ, हुन्छ ।’ 

कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले नेता सुवास नेम्बाङ्गले दलहरु आचारसंहिता पालना गर्न प्रतिवद्ध भएको बताउनुभयो । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आचारसंहिता पालनामा कडाई गर्न निर्वाचन आयोग विगतमा चुकेको भन्दै अब कडाई गर्नुपर्ने बताउनुभयो । उहाँले निर्वाचन आचारसंहिता पालना नगर्नेलाई आयोगले कारबाही गर्न सक्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया