MENU

राजनीति

Ncell Axiata

​यस्ता छन् राप्रपा प्रजातान्त्रिक तेह्रथुमका उम्मेदवार

तेह्रथुम, असोज २७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले पनि तेह्रथुमबाट संघीय र प्रादेशिक चुनावका लागि उम्मेदवार सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकले संघ र प्रदेशका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेकोे जनाएको छ । 

यसअघि जिल्लाबाट नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमले उम्मेदवारका आकांक्षीहरुको सूचि पठाइसकेका छन् । प्रतिनिधि सभा सदस्य चुनावका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेश सभा सदस्यका लागि दुुई वटा निर्वाचन क्षेत्र रहेका छन् । 

राप्रपा प्रजातान्त्रिकले पनि प्रतिनिधिसभा र प्रदेशसभाका लागि सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जिल्ला कार्यसमिति अध्यक्ष गौरीप्रसाद कन्दङवा, समानुपातिकतर्फ जिल्ला कार्यसमितिका उपाध्यक्ष यशोदादेवी कार्कीको नाम सर्वसम्मत सिफारिस गरेको छ । 

यस्तै प्रदेश सभा सदस्यका लागि क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ जिल्ला कार्यसमिति उपाध्यक्ष दीपक सोदेम्बा र समानुपातिकतर्फ जिल्ला कार्यसमिति सदस्यद्धय छत्रबहादुर कार्की र नरबहादुर लिम्बुको नाम सिफारिस भएको छ । 
यस्तै क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ जिल्ला कार्यसमिति सचिव धनराज कन्दङवा र समानुपातिकतर्फ जिल्ला सह–सचिव यामप्रसाद मैनालीको नाम सिफारिस भएको छ । 

प्रदेश सभा क्षेत्र नं. १ मा म्याङलुङ र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका पर्दछन् । क्षेत्र नं. २ मा आठराई, फेदाप र मेन्छ्यायेम गाउँपालिका पर्दछन् । यो निर्वाचनमा जिल्लाबाट कुल ६६ हजार ७ सय ४३ जना मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया