MENU

राजनीति

Ncell Axiata

मेयर नभएको मौका छोपी गरेको तलव लिने निर्णय मेयरद्वारा खारेज

धनकुटा असोज २७ – मेयरको अनुपस्थितिमा धनकुटा नगरपालिकाका जनप्रतिनिधिहरुले तलब सुबिधा लिने भनि गरेको निर्णय खारेज भएको छ । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले  चीन भ्रमण गएको बेला असोज ९ गते उपमेयर सकुन्तला बस्नेतको अध्यक्षतामा बसेको बैठकले तलब सुविधा पारित गरेको थियो । 

निर्णय कानून सम्मत नभएको र जनप्रतिनिधिलाई विवादमा ल्याउने कार्य भएकाले प्रदेश कानुन नबेनेसम्मको लागि खारेज गरेको मेयर चिन्तन तामाङले बताउनुभयो । 

मेयर तामाङ अनुपस्थित बैठकमा मेयरलाई ४५ हजार रुपैयाँ, उपमेयरलाई ३५ हजार रुपैयाँ, वडा अध्यक्ष र नगरकार्यपालिका सदस्यहरुलाई मासिक २५ हजार रुपैयाँ तलब तोकिएको थियो । तलव सुबिधा प्रदेश कानुनको अभावमा संविधान बिपरित भएको भन्दै मेयर तामाङ भ्रमणबाट फर्किए लगतै असोज २६ गते बिहीबार बसेको नगरकार्यपालिकाको सातौं पूर्ण बैठकले निर्णय खारेज गरेको हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया