MENU

राजनीति

Ncell Axiata

​चुनावमा कसले कति खर्च गर्न पाउँछन् ? (यस्तो छ विवरण)

 

काठमाडौं, असोज २७ – प्रतिनिधिसभा चुनावका उम्मेदवारले बढीमा २५ लाख रुपैयाँ प्रदेशसभा चुनावका उम्मेदवारले १५ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् । 

निर्वाचन आयोगले तोकेको सीमा अनुसार प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावको लागि अधिकतम खर्च सीमा तोक्दै प्रतिनिधिसभा चुनावका उम्मेदवारले सवारी साधनमा बढीमा ५ लाख रुपैयाँ, प्रचार प्रसार सामाग्री र सञ्चारमाध्यममा एक एक लाख गरी दुई लाख खर्च गर्न सक्नेछन् । 

यस्तै चुनाव प्रचारका लागि कार्यकर्ता परिचालनमा २ लाख रुपैयाँ र कार्यालय सञ्चालनका लागि ५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ । 

यस्तै प्रदेशसभा चुनावका उम्मेदवारले सवारी साधनमा ३ लाख रुपैयाँ, प्रचार प्रचार सामाग्री र सञ्चारमाध्यममा गरी १ लाख २० हजार रुपैयाँ, कार्यालय सञ्चालनमा ३ लाख रुपैयाँ र कार्यकर्ता परिचालनमा १ लाख २० हजार रुपैयाँ खर्च गर्न पाउने छन् । 

प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारले बढीमा दुई लाख र प्रदेशसभाका समानुपातिक उम्मेदवारले बढीमा १ लाख ५० हजार रुपैयाँसम्म  खर्च गर्न पाउने  निर्वाचन आयोगले जनाएको छ । आयोगले राजनीतिक दलका नेतासँग छलफल गरेर चुनाव खर्चको अधिकतम सीमा तोकेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया