MENU

राजनीति

Ncell Axiata

नयाँ शक्ति एमाले माओवादी गठबन्धनबाट बाहिरियो

बाबुराम गोरखा–२ बाटै चुनाव लड्ने

काठमाडौं, असोज २७ – नयाँ शक्ति पार्टी एमाले र माओवादी केन्द्रसंगको चुनावी तालमेलबाट बाहिरिएको छ । शुक्रबार बसेको संघीय सचिवालयको विस्तारित बैठकले यसअघि एमालेको चुनाव चिन्ह सूर्य चिन्हमा चुनाव लड्ने सहमति विपरित एमाले र माओवादी गएको भन्दै आँखा चिन्हमा चुनाव लड्ने निर्णय गरेको हो । 

बैठकले गठबन्धनबाट बाहिरिने नबाहिरिनेबारे स्पष्ट नबताए पनि बैठकपछि जारी विज्ञप्तिमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समाबेशितालाई अस्विकार गर्ने दल र ब्यक्तिबाहेक सवैसँग तालमेल गर्ने उल्लेख छ । 

बैठकले प्रतिनिधिसभाका लागि ५ ठाउँबाट उम्मेदवार सार्वजनिक गर्दै बाँकी ठाउँमा तालमेल गर्ने र तालमेल नभएका सवै ठाउँमा पार्टीका तर्फबाट उम्मेद्वार उठाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । 

नयाँ शक्ति पार्टीका नेता गंगा श्रेष्ठले नयाँ शक्ति लगायतलाई सिट बाँडफाँड गरी बचेका ठाउँमा एमाले र माओवादीले ६० र ४० प्रतिशत सिट लिने भन्ने सहमति भएपनि दुई दलले शुरुमै आफूलाई ६० र ४० प्रतिशत सिट बाँडफाँड गर्ने तयारी गरेकाले नयाँ तालमेलका लागि बाटो खोज्नुपरेको बताउनुभयो । 

उहाँले एमाले र माओवादी केन्द्रसँगको एकता संयोजन समिति भने कायमै रहेको बताउनुभयो । बैठकले बाबुराम भट्टराई गोर्खा २ बाट कृष्णकुमार चौधरी कैलाली ३ बाट, दानबहादुर चौधरी कपिलबस्तु १ बाट तथा प्रेम तामाङ्ग रसुवा र मदन राई खोटाङ्गबाट उम्मेद्वार बने निर्णय पनि गरेको छ । 

तालमेल नभएका सवै ठाउँमा पार्टीले उम्मेद्वार उठाउने निर्णय पनि बैठकले गरेको छ ।  प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १५ सिट पाउनुपर्ने र अध्यक्ष बाबुराम भट्टराईलाई गोरखाका दुई मध्ये कुनै एक क्षेत्रमा टिकट दिनुपर्ने माग गरेपनि माओवादी र एमालेले त्यसो गर्न नसकिने बताएपछि नयाँ शक्ति असन्तुष्ट बनेको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया