MENU

राजनीति

Ncell Axiata

प्रदेश प्रमुखको सुविधा र भाषा आयोगसम्बन्धी विधेयक पारित

 

काठमाडौँ, असोज २७ - व्यवस्थापिका–संसद्को आजको बैठकले ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको छ । 

प्रधानमन्त्रीका तर्फबाट ‘कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले सो विधेयक पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभयो । विधेयकमा सांसद डिल्लीप्रसाद काफ्ले र मीना पुनले राख्नुभएको संशोधन प्रस्ताव बैठकको बहुमतले अस्वीकृत गरेको छ । 

बैठकले ‘भाषा आयोग विधेयक, २०७४’लाई पनि सर्वसम्मतिले पारित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले पेस गर्नुभएको सो विधेयकमाथि काफ्ले, धनीराम पौडेल, लक्ष्मण राजवंशी, प्रेम सुवाल, हितराज पाण्डे र श्यामकुमार श्रेष्ठ ९काभ्रेपलाञ्चोक०ले १४ वटा संशोधन प्रस्ताव राख्दै राष्ट्रभाषाको स्पष्ट व्याख्या गर्नुपर्ने, आयोगलाई तीन महिला सदस्यसहित ११ सदस्यीय बनाउनुपर्ने र कावा अध्यक्ष तोक्दा अध्यक्षले तोक्ने व्यवस्था हुनुपर्ने बताउनुभयो । 

सभामुखले संसद्को चालू अधिवेशनमा विभिन्न बैठकमा विविध कारण लगातार १० दिनभन्दा बढीका बैठकमा अनुपस्थित रहनुभएका सांसदको नामावली पढेर सुनाउनुभयो । अनुपस्थित रहने सांसदमा रामकुमार सुब्बा ९३१पटक०, दुर्गा पौडेल९२८पटक०, डा बाबुराम पोखरेल ९२७ पटक० र सूर्यकुमार शिवाकोटी ९१९पटक० लगायत हुनुहुन्छ । संसद्को अर्को ९अन्तिम० बैठक यही असोज २८ गते अपराह्न ३ बजे बस्नेछ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया