MENU

समाज

Ncell Axiata

​सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु्

सप्तरी, असोज २७ – सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ लालापटीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । घर नजिकैको बिजुलीको तारबाट करेन्ट लाग्दा छिन्नमस्ता गाउँपालिका–४ का २४ वर्षिय लाले यादवको ज्यान गएको हो । 

मृतकको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पोष्टमार्टस गरी परिवारको जिम्मा लगाइएको छ । 

त्यस्तै विगत १८ दिन अगाडि सप्तरीको विष्णुपुर गाउँपालिकाबाट बेपत्ता भएका एक बालक अझै फेला परेका छैनन् । 
सप्तरीको विष्णुपुर गाउँपालिका–५ बस्ने रामेश्वर यादवका ११ वर्षीय छोरा महेशकुमार असोज १० गते बिहान राजविराजस्थित अदालत रोडबाट बेपत्ता भएका हुन् । महेश राजविराजस्थित वल्र्डभिजन स्कूलमा कक्षा ५ मा अध्ययनरत थिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया