MENU

राजनीति

Ncell Axiata

​अझै टुंगो लागेन समानुपातिक उम्मेदवार, प्रत्यक्षको झमेलाले समानुपातिक ओझेलमा

लक्ष्मण शर्मा /उज्यालो । 

काठमाडौं, असोज २७ – प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको लागि समानुपातिक तर्फको उम्मेदवार नामावली निर्वाचन आयोगमा बुझाउन दुई दिन मात्र बाँकी छ । आउँदो आइतबार निर्वाचन आयोगले दलहरुलाई समानुपातिक तर्फका उम्मेदवारको नामावली बुझाउन समय दिएको छ । तर दलहरुले भने समानुपातिक तर्फको उम्मेदवारको टुंगो शुक्रबार बेलुकासम्म पनि लगाइसकेका छैनन् ।

प्रमुख दल गठबन्धन बनाएर चुनावमा जाने तयारीमा रहेकाले प्रत्यक्षतर्फ मात्र बढी ध्यान केन्द्रित हुँदा समानुपातिकतर्फको सूचि तयार पार्ने काम ओझेलमा परेको हो । समानुपातिकतर्फ देशैभरबाट धेरै संख्या सिफारिस भएकाले छनोट गर्न हम्मेहम्मे भएको हो । 

नेपाली कांग्रेसले समानुपातिक तर्फको उम्मेदवार टुंगो लगाई नसकेको कांग्रेस नेता मिनेन्द्र रिजालले जानकारी दिनुभयो । सबै ठाउँबाट उम्मेदवार सिफारिस भइसकेकाले कांग्रेसले आइतबार नै उम्मेदवारको टुंगो लगाएर निर्वाचन आयोगमा बुझाउने उहाँले बताउनुभयो । 

देशभरीबाट धेरै उम्मेदवार सिफारिस भएकाले कसलाई समानुपातिक तर्फको उम्मेदवार बनाउने भन्ने बिषयमा एमालेमा छलफल भइरहेको एमाले नेता सुवास नेम्वाङले जानकारी दिनुभयो । उज्यालो अनलाइसँग नेम्वाङले भन्नुभयो ‘समान रुपमा उम्मेदवारको छनौट गर्नुपर्ने भएकाले पार्टीभित्र यसको बारेमा छलफल भएको र शनिबारसम्म उम्मेदवारको अन्तिम नामावली तयार हुन्छ ।’ 

माओवादी केन्द्रमा पनि समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली तयार भइसकेको छैन । एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गर्ने घोषणा गरेपछि माओवादीमा पार्टीको तर्फबाट उम्मेदवारको टुगो लाग्न नसकेको हो । माओवादी केन्द्रबाट समानुपातिक उम्मेदवारको सिफारिस आइसकेको माओवादी केन्द्रकी नेतृ रेखा शर्माले जानकारी दिनुभयो ।

समानुपातिक उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा पार्टीमा छलफल भइहेको र शनिबारसम्म टुंगोमा पुगिने शर्माको भनाइ छ । एमाले र माओवादी केन्द्रले ६०/४० प्रतिशतका आधारमा प्रत्यक्षतर्फ तालमेल गरेर चुनाव लड्ने निर्णय गरेपछि दुवै दललाई समानुपातिकतर्फको नाम टुंगो लगाउन मुस्किल परेको छ । कसलाई प्रत्यक्षमा उठाउने कसलाई समानुपातिकको सूचिमा राख्ने भन्नेबारे दुई दल संयुक्त बसेर छलफल जारी राखेको नेताहरुले जनाएका छन् । 

प्रतिनिधिसभाको समानुपातिकका लागि दलहरुले एक सय १० जनाको नाम बुझाउनु पर्छ । नाम बुझाउँदा कम्तिमा ५० प्रतिशत महिला हुनुपर्ने कानुनी व्यवस्था छ । दलहरुले समानुपातिको १० प्रतिशत सिटका लागि मात्र पनि बन्द सूचि बुझाउन सक्छन् । बन्द सूचिमा बुझाउँदा अन्य ६ कल्स्टरकाको छुट्याउनु पर्ने कानुनी व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया