MENU

राजनीति

Ncell Axiata

​आचारसंहिता विपरित मन्त्रीपरिषद् विस्तार, कमल थापा उपप्रधानमन्त्री

काठमाडौं, असोज २७ – निर्वाचन आचारसंहिता विपरित प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । मन्त्रीपरिषद विस्तारसँगै राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री बन्नुभएको छ । त्यस्तैगरी राप्रपाका नेताहरु दिलनाथ गिरी, विक्रम थापा र जयन्त चन्द विनाविभागीय मन्त्रीमा नियुक्त हुनुभएको छ । 

भास्कर भद्रा, कुन्ती साही, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्रीमा नियुक्त हुनुुभएको हो । मन्त्रीहरुको मन्त्रालय भने कसैको पनि तोकिएको छैन । शनिबार नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाउने र सपथ गराउने सरकारको तयारी छ । 

निर्वाचन आचारसंहिता विपरित सरकारले मन्त्रीपरिषद् विस्तार गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगले चुनावको मुखमा कुनै अप्रिय कदम नचाल्न सरकारलाई भनिरहेको बेला सरकारले मन्त्रीपरिषद् विस्तार गरेको हो । 

निर्वाचन आयोगले आचारसंहिता विपरित भनेकोमा नवनियुक्त उपप्रधानमन्त्री थापाले आयोगले आचारसंहिता विपरित कार्य गर्नेलाई कारवाही गर्नु र निर्णय सच्याउनु आयोगको संबैंधानिक दायित्व भएकाले आचारसंहिता विपरित भए निर्णय उल्याउन भन्दै ट्वीट गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया