MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

जथाभावी विषादी प्रयोगले माटोमा अम्लीयपना

प्रकाश धौलाकोटी/उज्यालो । 

तेह्रथुम, असोज २८ – जिल्लाका किसानले जथाभावी रुपमा रासायनिक मल र विषादीको प्रयोग गर्न थालेका छन् । किसानले माटोको आवश्यकतालाई नबुझी रासायनिक मल र विषादीको प्रयोग गर्न थालेपछि माटोमा अम्लीयपना बढेको छ । रासायनिक मलको प्रयोगले वर्षेनि माटोको उर्वराशक्ति समेत घट्दै गएको कृषि प्राविधिकहरुले बताएका छन् । 

जिल्लाका किसानले युरिया, पोटास र डिएपी लगायत रासायनिक मल प्रयोग गर्दै आएका छन् । किसानले युरिया, डिएपी र पोटासको समेत मात्रा नमिलाई प्रयोग गर्ने गरेकाले त्यसको प्रत्यक्ष असर माटोमा पर्ने गरेको छ । साधारणतया युरियामा अम्लीय, डिएपीमा क्षरिय र पोटासमा दुवै तत्वको रसायनिक गुण हुन्छ । 

कृषि प्राविधिकका अनुसार युरिया, डिएपी र पोटासको मात्रा मिलाएर प्रयोग गर्दा त्यसले माटोको उर्वराशक्तिलाई पनि सन्तुलनमा राख्न मद्धत गर्छ । तर जिल्लाका किसानले बालीनालीमा अधिक मात्रामा युरिया मात्रै लगाउने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा जिल्लाका किसानले ४ सय ७३ मेट्रिक टन युरिया प्रयोग गरेका छन् । 

किसानले सो वर्ष डिएपी १ सय ५३ मेट्रिक टन र पोटास ८.६५ मेट्रिक टन मात्रै प्रयोग गरेका छन् । यसकारण पनि जिल्लाको खेतीयोग्य जमिनको उर्वराशक्ति ह्रास हुँदै गएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक भुवन बुढाथोकी बताउनुहुन्छ । ‘तीन भाग युरिया लगाउँदा दुई भाग डिएपी र एक भाग पोटास अनिवार्य हुन्छ, तर यहाँका किसानले तीनमध्ये एक मात्रै प्रयोग गर्ने गरेको पाइन्छ’, बुढाथोकीले भन्नुभयो ।

किसानले प्राङ्गारिक मलको प्रयोग समेत घटाउन थालेकाले माटोमा त्यसको प्रभाव प्रत्यक्ष रुपमा पर्ने गरेको हो । माटोमा प्राङ्गारिक मलको मात्रा घट्दै जाँदा र रासायनिक मलको जथाभावी प्रयोग हुँदा अम्लियपना बढिरहेको कृषि प्राविधिक बुढाथोकीले बताउनुभयो । ‘केही समयका लागि रासायनिक मलले उत्पादन बढाएपनि दीर्घकालिन रुपमा नकारात्मक असर गर्छ’, उहाँले भन्नुभयोे, ‘माटोमा अम्लियपना धेरै हुँदा बाली कम हुने मात्रै होइन, उत्पादन नै नहुन पनि सक्छ ।’ 

जिल्लाका किसानलाई यसबारे विभिन्न समयमा सुझाउने गरेपनि प्रयोगको अवस्थामा भने खासै नघटेको कृषि प्राविधिकहरुले बताएका छन् । किसानले विषादीको प्रयोग गर्दासमेत माटोमा अम्लीयपना बढ्न सजिलो भएको प्राविधिकहरुको भनाई छ । यहाँका किसानले धान, मकै बालीमा युरिया, पोटास र डिएपीको प्रयोग गर्छन् । ती नै बालीमा किरा तथा झार मार्न विषादीको पनि प्रयोग गर्छन् । 

‘किराले पनि बालीनालीलाई स्वस्थ बनाउन सहयोग गरेका हुन्छन्’, कार्यालयका प्राविधिक सहायक हरिगोपाल आचार्य भन्नुहुन्छ, ‘झारले पनि पछि त्यही कुहिएर मर्ने भएकाले मलको काम गर्छ, त्यसैले विषादीले पनि माटो बिगार्न मद्धत पु¥याउँछ ।’ बाली नालीमा विषादीको प्रयोग गर्नु हानिकारक भएको आचार्यले बताउनुभयो ।

जिल्लाका किसानले तरकारी र फलफुल बालीमा विषादीको अधिक मात्रामा प्रयोग गर्छन् । ‘विष आफैँमा विष हो’, प्राविधिक आचार्य भन्नुहुन्छ, ‘यसले बाली नाली त सपार्ला, तर मानव स्वास्थ्यलाई कसैगरी पनि फाइदा गर्दैनँ ।’ जिल्लाका विभिन्न बजारहरुमा खुलेका विषादी पसलहरुले पनि किसानको बानी बिगारेका अग्र्यानिक खेतीमा लागेका किसान बताउँछन् । 

‘बालीमा रोग लागेपछि किसान कृषि सेवा केन्द्र पुग्छन् । तर त्यहाँ प्राविधिक र औषधी दुवै भेट्टाउन मुस्किल पर्छ,’ अग्र्यानिक खेतीमा लागेका ओयाक्जुङका किसान नेत्र ढकालले भन्नुभयो, ‘त्यसपछि एग्रोभेटबाट विषादी ल्याएर लाउनुको विकल्प किसानसँग छैन ।’ एग्रोभेटले पनि अन्दाजकै भरमा विभिन्न विषादी दोब्बरसम्म मूल्य लिएर बिक्री गर्ने गरेका उहाँको आरोप छ । 

किसानलाई सरकारले अग्र्यानिक खेतीको महत्व बुझाउन नसक्दा रासायनिक मल र विषादीको प्रयोग बढिरहेको उहाँको भनाई छ । रासायनिक मलको मात्रालाई थेग्नेगरी कम्पोष्ट मलको समेत प्रयोग गरे माटोलाई सन्तुलनमा राख्न सकिने कृषि प्राविधिकहरुको सुझाव छ । 

साधारणतया एक रोपनीमा १५ किलोसम्म कम्पोष्ट मलको प्रयोग पनि जरुरी रहेको उनीहरुको भनाई छ । गतवर्ष नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को माटो अनुन्धान महाशाखाले तेह्रथुमसहित देशभरका ५२ जिल्लामा गरेको अनुसन्धानमा पनि माटोमा अम्लियपनाको मात्रा बढेको देखाएको थियो । 

जिल्लाका किसानले आर्थिक वर्ष २०७३÷०७४ मा झण्डै ७ लाख रुपैयाँ बराबरको रासायनिक मल बालीनालीमा लगाएका छन् । कृषि कार्यालयका अनुसार किसानले युरियामा ४ लाख ७३ हजार,  डिएपीमा १ लाख ५३ हजार र पोटासमा ८ हजार ६ सय ५० रुपैयाँ खर्चिएका छन् । 

सरकारले रासायनिक मल बजारमा जथाभावी बिक्री गर्न रोक लगाएपछि अहिले जिल्लामा साल्ट ट्रेडिङ विराटनगरले मात्रै रासायनिक मल आयात गर्ने गर्दछ । साल्ट ट्रडिङबाट जिल्लाका १९ वटा सहकारी संस्थाले रासायनिक मल ल्याएर किसानलाई उपलब्ध गराउने गरेका छन् । जिल्ला कृषि विकास कार्यालयले सिफारिस दिएपछि ती सहकारीलाई साल्ट टे«डिङले रासायनिक मल उपलब्ध गराउने गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया