MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

काठमाडौं उपत्यकाबाट ४१ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौं, असोज २८ – काठमाडौं उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४१ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। 

वाग्मती सफाइ महाअभियानको २३१ औँ हप्तामा शनिबार पशुपति राममन्दिर क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगंगा महिला समूहलगायत संस्थाका ६०० भन्दा बढीको सहभागिता रहेको वाग्मती सफाइ महाअभियानकर्मी एवं विज्ञापन संघका महासचिव नारायण श्रेष्ठले जानकारी दिनुभयो । 

सफाइमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल, अधिकारसम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रबहादुर बस्नेत, खेम्स क्लिनिङ अष्ट्रेलियाका खेम शर्मा, जीवन विज्ञानका एलपी भानु शर्मा, एस ट्राभल्सका अर्जुन धरेल, विज्ञापन संघका अध्यक्ष सन्तोष श्रेष्ठलगायतको सक्रियता थियो । 

यही कात्तिक ४ गते २३२ औँ हप्ताका दिन नेपालीको दोस्रो ठूलो पर्व तिहारको भाइटीका परे पनि गुह्येश्वरी मन्दिरअघिको वाग्मतीमा सफाइ गरी निरन्तरता दिइने महाअभियानले जनाएको छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइको १९१ औँ हप्तामा आज हनुमानघाट र गोठाटार पुल वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी र पुडासैनीमैत्री समाजलगायत संस्थाका गरी १०० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता थियो । 

रुद्रमती सफाइको १८९ औँ हप्तामा आज रातोपुलदेखि सेतोपुलसम्मको दायाँबायाँ नदी किनार सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । 

विष्णुमती सफाइको १६० औँ हप्तामा तारकेश्वर गुम्बाअघिको नदी क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १५० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता रहेको अभियानकर्मी अनिल धरेलले जानकारी दिनुभयो । 

मनोहरा नदी सफाइको २९ औँ हप्तामा आज हनुमन्ते दोभानस्थित बिपी आँखा अस्पताल क्षेत्र वरपर सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । मनोहरा सफाइ अभियानले जडीबुटी चोक र कोटेश्वर चोकमा उद्यान निर्माणका लागि सडक विभागसँग अनुमति लिएको अभियानकर्मी रुद्र पौडेलले बताउनुभयो । 

चक्रपथ सफाइको २७ औँ हप्तामा वसुन्धरादेखि नारायणगोपाल चोकसम्म सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । ग्रिनहिल सिटी अस्पतालको संयोजनमा भएको सफाइमा ३५० भन्दा बढीको सहभागिता थियो । सफाइमा तीनवटै सुरक्षा निकायको सहभागिता रहेको अभियानकर्मी लोकबहादुर टण्डनले जानकारी दिनुभयो । 

यसैगरी मीनभवन आलोकनगर सफाइको २७ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी प्रमिला पौडेलले बताउनुभयो । चक्रपथको सीतापाइला सफाइको नवौँ हप्तामा हलचोकदेखि सिद्धार्थ वनस्थलीसम्म सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, कलाकार श्रीकृष्ण सिंखडालगायतको सहभागिता रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो । सफाइमा ५०० जनाको सहभागिता थियो । 

यसैगरी इन्द्रमती नदी सफाइको सातौँ हप्तामा बल्खुको भुवनेश्वरी मन्दिर क्षेत्रको सूर्यघाटस्थित छठपूजास्थलमा सफाइ गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर सफाइ जागरण आएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया