MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

तेह्रथुमबाट साढे चार करोड रुपैयाँको अदुवा निर्यात

प्रकाश धौलाकोटी/उज्यालो ।

तेह्रथुम, असोज २९ – तेह्रथुमबाट आर्थिक वर्ष २०७३/०७४ मा साढे चार करोड रुपैयाँ भन्दा बढीको अदुवा जिल्लाबाहिर निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार वर्ष ४ करोड ७० लाख रुपैयाँ भन्दा बढीको अदुवा जिल्लाबाहिर निर्यात भएको हो । पराम्परागत रुपमा घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुँदै अदुवाको अहिले जिल्लामा व्यावसायिक खेता हुन थालेको छ ।

किसानहरु व्यावसायिक बन्न थालेपछि उत्पादनमा वृद्धि भई राम्रो रकम समेत जिल्ला भित्रिन थालेको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताउनुभयो । ‘किसानले व्यवसायिक अदुवा खेती थालेका छन्’ उहाँले भन्नुभयो, ‘मूल्यमा गिरावट आएपनि यो वर्ष यती रकम अदुवा निकासीबाटै भित्रिएको छ ।’

जिल्लाबाट एक वर्षको अवधिमा २ हजार ७ सय ६६ मेट्रिक टन अदुवा निर्यात भएको छ । यसवर्ष २ सय ६० हेक्टर जमीनमा भएको अदुवा खेतीबाट ३ हजार ९ सय ५२ मेट्रिक टन अदुवा उत्पादन भएको थियो । जुन गएको वर्ष भन्दा ६ सय ६६ मेट्रिक टनले बढी पनि हो । अघिल्लो वर्ष ३ हजार २ सय ८६ मेट्रिक टन मात्रै उत्पादन भएको थियो । 

कुल उत्पादनको झण्डै ३० प्रतिशत अदुवामात्रै जिल्लाका बजारहरुमा खपत हुने गरेको छ । यो वर्ष १ हजार १ सय ८६ मेट्रिक टन अदुवा जिल्लाका किसान र उपभोक्ताले प्रयोग गरेका छन् । यहाँ उत्पादित अदुवा भारतीय बजारमा निर्भर छ । पटक–पटक नेपाली अदुवाको निकासी रोकिएपछि किसान मारमा पर्ने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया