MENU

विचार/अनुभूति

Ncell Axiata

जापानको कृषिबाट नेपालले सिक्न सक्ने कुरा

बर्षेनी हजारौ नेपाली युवा रोजगारका निम्ति विदेश राष्ट्रमा जाने गरेका छन् । धेरै नेपाली युवाको गन्तब्य बन्ने अर्को राष्ट्र हो जापान मिैले एसिया–प्रशान्त क्षेत्रको कृषि पढ्ने विधार्थीबीच भएको सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेर जापान जाने मौका पाएको थिएँ ।

असोज ३ देखि १० गते सम्म एक हाप्ताको सम्मेलनमा जापानको कृषिलाई प्रत्यक्ष रुपमा अनुभव एवं अवलोकन गर्ने मौका मिलेको थियो । जापानको कृषि देखिसकेपछि धेरै कुराहरु मनमा आयो ।

सामुद्रिक क्षेत्रले घेरिएको जापान विश्वमा सबैभन्दा धेरै भूकम्प जाने देश पनि हो । अधिकांश भूभाग बसोबास, सहरीकरण र औधोगिकरणले भरिएको जापान कृषिमा पनि अब्बल रहेको छ । माटो बिना र बेमौसमी तरीकाले गरिने कृषि खेती प्रबिधि जापानमा चर्चित रहेको छ । बिरुवालाई आवश्यक पोषक तत्व पानीको माध्यमबाट थोरै स्थान ओगट्ने, छिटो र स्वस्थ उत्पादन दिने यो प्रबिधिले आवश्यक तरकारीको परिपूर्ति गर्न सफल भएको छ । 

जापानको कृषि क्षेत्रमा अर्को महत्वपूर्ण अनि हामीले सिक्न पर्ने कुरा हो खाधान्न प्रशोधनकेन्द्र, जहाँ किसान आफै आएर आफ्नो उत्पादनको बजारीकरण र प्रशोधनमा सामेल हुने गरेका छन् । यो पद्दतिलार्इ छैठौ औधोकिकरण भनेर चर्चित रहेको छ ।

यस पद्दति अनुसार कृषि प्रशोधन केन्द्रले किसानलाई आवश्यक मूल्य श्रृँखलाको तालिम प्रदान गर्दछन् । किसानले उत्पादनदेखि बजारिकरणको सम्पूर्ण तालिम पाउँछन् । जसले गर्दा किसानले बजारलाई पनि बुझ्न पाउँदछन जसले गर्दा बिचौलियाको समस्या नियन्त्रण हुन्छ । किसानसँग बढी उत्पादन भएर रहेको कृषि बस्तुलाई प्रशोधन केन्द्रमार्फत अन्य कृषिवस्तु उत्पादन गर्ने रहेछन जसले गर्दा किसानलाई कुनै घाटा हुँदैन । 

जापानमा रहेका कृषि फार्मेले रेष्टुरेन्ट र कृषि उत्पादन सँगसँगै गर्न सफल भएका छन् । फलफूलको बगैचा मुनी बसेर उनीहरु आफ्नो ब्यस्त समयमा आराम लिने माध्यमका रुपमा लिने गरेका छन् । यसैगरी यसले गर्दा कृषि पर्यटनमा पनि टेवा पुगेको पाइयो । हामी एउटा अंगुर बगैंचामा घुम्ने मौका पाएका थियौं, जहाँ अंगुर, नासपाती, किवी, स्ट्रबेरी लगायतका फल लगाइएको थियो । उक्त बगैचामुनी रेस्टुरेन्टमा सजाएसरी टेबल र कुर्सि राखिएको थियो, जहाँ धेरै पर्यटकको घुईंचो थियो । 

जापानको कृषिमा अर्को कृषि प्रबिधि हो फोहोर व्यस्थापनबाट बिरुवालाई आवश्यक मल उत्पादन गरेको पाइयो । घर, होटल एबम विभिन्न उधोगबाट निस्कने फोहोरको व्यस्थापन गरी प्राङ्गारिक मल उत्पादन गरेर फलफूल एवं तरकारी बगैंचामा लगाउने जसले फोहोर व्यस्थापन पनि हुने र प्राङ्गारीक बस्तुको प्रयोगबाट स्वस्थ्य कृषि उत्पादन हुन सक्ने रहेछ  । 

नेपालमा मलिलो जग्गा भएपनि ती जमिन बाँझो रहनुपर्ने अवस्था छ  िजोशिला अनि जाँगरिला युवा विदेशी भूमिमा पसिना बगाउन बाध्य छन् । खाद्य संकट र कृषिमा परनिर्भरता पनि बढेको छ, जसले गर्दा देशको अर्थतन्त्र कमजोर बनेको छ । कृषिमा विद्यमान बिचौलियाको समस्याले पनि कृषि कर्म गर्ने व्यक्तिहरुलाई निराश तुल्याई रहेको छ ।

जापानको कृषिबाट हामीले सिक्ने धेरै कुरा छन् । यी कुराहरु सरकारी निकायबाट उचित कदम चाल्न सके नेपालको कृषिले नि फड्को मार्ने थियो । अनि बढ्दो बेरोजगारी एवं युवा पलायनमा नियन्त्रणमा पनि सघाउ पुग्ने थियो । 

 

  

    

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बन्दी चेतनाको ‘जाँच प्रयोग’

    “यहाँ अहिले हामी ६ सय ६८ जना छौं” – एक परिचित युवा बन्दीले सुस्तरी कानमा भने । राणाकालमा बनेको दुईतले एउटा भवन नजिकै ठाउँ–ठाउँमा चिराचिरा परेर कमजोर हालतमा उभिएको थियो । त्यसकै कापमा एउटा सानो गल्ली जस्तोमा चिया पाकिरहेको थियो शायद, बन्दीहरु त्यतैबाट तातो चियाका गिलास लिँदै निस्किरहेका थिए ।

  • नेपालमा चीनको स्वार्थ

    कैयौँ पटक ‘नेपालको सार्वभौमसत्ता रक्षाका लागि’ चीनले सहयोग गर्ने भन्ने गरिएको छ बेइजिङ्गबाट । कूटनीतिक दृष्टिले यो अत्यन्तै गम्भीर अभिव्यक्ति हो । यसको अर्थ नेपालको सर्वभौमसत्ता गुम्ने र नेपालको अस्तित्व नै नरहने खतरा छ भनेर चीनले विश्लेषण गरेको हो भनेर बुझ्नु पर्ने हुन्छ ।

  • आँखाको क्यान्सर कति खतरनाक ?

    एक दशक अगाडि अलि कम र अहिलेको दशकमा एकदम धेरै सुनेको रोग क्यान्सर हो । शरीरको विभिन्न अंगहरु फोक्सो, आन्द्रा, कलेजो, पाठेघर, स्तनलगायतमा क्यान्सर भए जस्तै आँखामा पनि क्यान्सर हुन्छ । अरु क्यान्सरमा भन्दा यो क्यान्सर हुने जोखिमयुक्त कारक तत्वहरु फरक छन् ।

  • ओलीका अघिल्तिर कति धेरै अवसर ?

    बोले अनुसार काम थाल्ने हो भने वाम गठबन्धनको सरकारका सामु चुनौती थोरै र अवसरहरु कता हो कता धेरै छन् । अब बन्ने सरकारका लागि सबैभन्दा ठूलो अवसर विकासलाई तल्लो तहसम्म पुर्यासउने संरचना तयार छ । स्थानीय तहको चुनावपछि विकासलाई नागरिकको घर दैलोसम्म पुर्याउने जनप्रतिनिधिहरु चुनिएर अहिले काममा छन, तर देखाउने काम नपाएर कामका अवसरको खोजीमा छन ।

  • चुनाव सम्पन्न गराउनु ठूलो उपलब्धि : देउवा

    मेरो नेतृत्वमा सरकार गठन भएपछि जनताको सरोकारका विषयलाई केन्द्रमा राखेर निर्णयहरु भएका छन् । विशेषगरी स्वास्थ्य शिक्षा क्षेत्रमा देखिएका विकृतिहरु नियन्त्रण गर्न चिकित्सा शिक्षा आयोगको अध्यादेश जारी गरिएको छ । जनताको स्वास्थ्यसँग सरोकार राख्ने चिकित्सा शिक्षा व्यापारको विषय होइन ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया