MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

तेह्रथुमबाट १४ करोडको तरकारी निर्यात

तेह्रथुम, असोज ३० – पूर्वी पहाडी जिल्ला तेह्रथुमबाट आर्थिक वर्ष २०७३/०७४ मा झण्डै १४ करोड रुपैयाँ बराबरको तरकारी निर्यात भएको छ । किसानले उत्पादन गरेको बन्दा, काउली, मुला, गोलभेँडा, रायो, बोडी, मटरलगायत तरकारी बाली जिल्लाबाहिर निर्यात हुँदा १३ करोड ८० लाख रुपैयाँ भन्दा बढी रुपैयाँ आम्दानी भएको हो । गत आर्थिक वर्षमा जिल्लाका किसानले हिउँद, वर्षा र बेमौषमी गरी कुल २७ हजार १ सय ३९ मेट्रिक टन तरकारी उत्पादन गरेका कृषि कार्यालयको तथ्यांक छ । जसमध्ये १४ हजार २ सय ८३ मेट्रिक टन तरकारी निर्यात हुँदा १३ करोड ८० लाख रुपैयाँ भन्दा बढी रकम जिल्ला भित्रिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताउनुभयो ।

जिल्लामा उत्पादन भएकोमध्ये १२ हजार ८ सय ५६ मेट्रिक टन अर्थात् ४७ प्रतिशत तरकारी जिल्लामै खपत भएको छ । जिल्लामा व्यवसायिक तरकारी खेती गर्ने किसानको संख्या थपिदै जाँदा तरकारीबाट हुने आम्दानी समेत उल्लेख्य हुन थालेको कृषि विकास अधिकृत घिमिरेले बताउनुभयो । ‘खेतीको क्षेत्रफल पनि बृद्धि भइरहेको छ,’ उहाँले भन्नुभयोे, ‘किसानले खाद्यान्न बाली भन्दा तरकारी बालीबाटै बढी आम्दानी लिन सकिने रहेछ भन्ने बुझेका छन् ।’ 

दुई मुरी मकै फल्ने जमीनबाटै किसानले वर्षे र हिउँदे तरकारी खेती लगाए ५० हजार रुपैयाँ भन्दा बढी आम्दानी गर्न सक्छन् । त्यसैले पनि किसानको ध्यान क्रमशः थोरै मेहिनेत, कम लगानी र नगद आम्दानी भन्दै तरकारी खेतीतिर तानिएको घिमिरेले बताउनुभयो । 

जिल्लामा ७ सय ३६ हेक्टर क्षेत्रफलमा वर्षे, ४ सय ७० हेक्टरमा हिउँदे र ४ सय ५० हेक्टर जमिनमा बेमौषमी तरकारी खेती हुने गरेको छ । जिल्लाका किसानले वर्षाको सिजनमा धेरै तरकारी उत्पादन गर्ने गरेका छन् । तर वर्षे तरकारी जिल्लाबाहिर भने कमै मात्र निर्यात हुन्छ । किसानले ११ हजार ३ सय  ९३ मेट्रिक टन वर्षे तरकारी उत्पादन गरेकामा १७ सय ८ मेट्रिक टनमात्रै निर्यात भएको कृषि कार्यालयले जनाएको छ । जसबाट किसानले ३ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेका छन् । 

तर बेमौषमी तरकारी ८ हजार १ सय मेट्रिक टन उत्पादन हुँदा २ हजार २५ मेट्रिक निर्यात भएको छ । जसबाट किसानले ८ करोड १० लाख रुपैयाँ आम्दानी गरेका छन् । बेमौषमी तरकारी बालीहरु किसानका लागि आर्थिकरुपमा निकै फाइदाजनक भएको कृषि कार्यालयका प्राविधिक सहायक भुवन बुढाथोकीले बताउनुभयो ।

हिउँदे तरकारीबाट भने किसानले २ करोड २९ लाख रुपैयाँ कमाएका छन् । यस सिजनमा ७ हजार ६ सय ४६ मेट्रिक टन तरकारी उत्पादन भएकोमध्ये ११ सय ४६ मेट्रिक टन जिल्लामै खपत भएको थियो । जिल्लाका किसानले तरकारी खेतीलाई व्यवसायिक बनाएसँगै अग्र्यानिक उत्पादनमा समेत जोड दिएकाले विगतभन्दा निर्यातको अवस्था समेत सुध्रिएको व्यापारीहरु बताउँछन् । 

‘तरकारी खेतीमा किसानको आकर्षण बढेको छ’ फुलेकका व्यापारी महेन्द्र पौडेलले भन्नुभयोे ‘उनीहरुले अग्र्यानिक उत्पादनमा पनि जोड दिएका छन्, त्यसैले बाहिरको माग पनि बढी हुन थालेको छ ।’ जिल्लाबाट सबैभन्दा धेरै बन्दाकोभी र फुलकोभी निर्यात हुने गरेको व्यापारी पौडेलले बताउनुभयो ।

लालीगुराँस नगरपालिका–४ फुलेककै किसान जगल काफ्लले तरकारी खेती गर्दा अन्य बालीभन्दा उल्लेख्य रुपमा नगद आम्दानी हुने भएकाले यसतर्फ आकर्षित भएको बताउनुहुन्छ । ‘पहिले घरमा खानपनि बजारदेखि किनेर ल्याइन्थ्यो’ उहाँ भन्नुहुन्छ ‘अहिले तरकारी खेती गरेरै वार्षिक १ –१५ लाख रुपैयाँ कमाउँछु, मुख्य पेशा नै यही भएको छ ।’ 

परम्परागत खेती छाडेर तरकारी खेती गर्न थालेपछि आफुहरुको गाउँको मुहार नै फेरिएको किसान काफ्लेले बताउनुभयो । तरकारी सबैभन्दा धेरै निर्यात गर्ने मध्ये एक यो गाउँका दुई सय बढी घरधुरी किसानले व्यवसायिक तरकारी खेती गरिरहेका वडाध्यक्ष प्रेम गौतमले बताउनुभयो । जिल्लाका सबै गाउँका किसानले तरकारी खेती गर्छन् । 

किसानलाई तरकारी खेतीमा व्यवसायिक बन्न जिल्ला कृषि विकास कार्यालयले हरेक वर्ष विभिन्न कार्यक्रमहरु मार्फत सघाउने गरेको छ । बीउ विजन, तालिम, औषधोपचार, परामर्श लगायत विभिन्न सेवाहरुमार्फत किसानलाई व्यवसायिक तरकारी खेतीमा लाग्न सुझाइरहेको कार्यालयका प्राविधिक सहायक हरिगोपाल आचार्यले बताउनुभयो । यहाँ उत्पादित तरकारी पूर्वी नाका काँकटभिट्टा भएर भारतको सिलगढी, पानीट्यांकी, पटना, कलकत्ता हुँदै बंगलादेशसम्म पुग्ने गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया