MENU

समाज

ujyaalo forign call inside

म्यादी प्रहरीमा भर्ना हुन २ लाख ९४ हजारभन्दा बढीको आवेदन

काठमाडौं, कात्तिक १ – म्यादी प्रहरीमा भर्ना २ लाख ९४  हजार ६९ जनाको आवेदन परेको छ । प्रहरी प्रवक्ता मनोज नेउपानेले दिनुभएको जानकारी अनुसार देशभरबाट २ लाख ९४ हजार ६९ जनाको आवेदन परेको हो ।जसमध्ये ४४ हजार भन्दा बढी पूर्व म्यादी छन् । सबैभन्दा बढी २ नम्बर प्रदेशबाट ९५ हजार जनाको आवेदन परेको छ । पुरुष २ लाख ४० हजार भन्दा बढी छन् भने महिला ५३ हजार ५ सय ९४ जना छन् । 

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि देशभरबाट ९८ हजार २ सय ६८ जनाको माग भएको थियो । आवेदन दिएकाहरुको कात्तिक ५ गतेदेखि १० गतेसम्म छनौट प्रक्रिया हुनेछ । छनौटमा सफल भएकाहरुको कात्तिक १२ गतेदेखि २४ गतेसम्म प्रशिक्षण हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

चुनावमा खटिने म्यादी प्रहरीको कार्यावधी ५५ दिनको हुनेछ । उनीहरुले प्रहरी जवान सरह आधारभूत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले ५५ दिनका लागि पारिश्रमिक, राशन र स्थानीय भत्ता पाउने छन् ।

ड्यूटीमा खटिने म्यादी प्रहरीलाई ७ दिनको लागि प्रतिदिन २५० रुपैयाँको दरले विशेष भत्ता र सात दिनकै लागि प्रतिदिन २५० रुपैयाँ खाजा र खाना खर्च उपलब्ध गराइने छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया