साहित्य/ कला
देवकोटाका मन छुने कविता
- Thursday, Oct 19, 2017
- 09:02 AM ( 6 months ago )
- Total Views: 5.8 K
काठमाडौं, कात्तिक २ – लक्ष्मीपूजाको दिन जम्मेकाले लक्ष्मीको प्रसाद स्वरुप महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाम लक्ष्मीप्रसाद राखिएको हो ।
तर उहाँ लक्ष्मीको प्रसाद हैन, सरस्वतीको प्रसाद मात्र बन्न सफल हुनुभयो । जीवनभर गरिबीमा बाँच्न विवश देवकोटाले दर्जनौं कृति लेख्नुभएको छ । महाकवि देवकोटाका प्रमुख कृतिमा सुलोचना, शाकुन्तल, महाराणाप्रताप, भक्त प्रल्हाल लगायत ६ वटा महाकाव्य र मुनामदन, कुञ्जिनी, सावित्री सत्यवान, वनकुसुम जस्ता २१ वटा खण्ड काव्य छन् ।
मुनामदन अहिलेसम्म पनि सबैभन्दा धेरै रुचाइएको कृति हो । देवकोटाको ६ सय ६४ वटा फुटकर कविता भेटिएका छन् । यस्तै नेपाली निबन्ध संग्रहमा पनि उहाँको विशिष्ट योगदान छ ।
देवकोटाका केही मन छुने कविता यस्ता छन् :
यात्री
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो
कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो
मानिसहरूको काँध चढी, कुन देवपुरीमा जाने हो
हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दिवार
मस्तिष्कको यो सुनको छाना, इन्द्रियहरूका द्वार
नसा-नदीका तरल तर, मन्दिर आफू अपार
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार र
मनको सुन्दर सिंहासनमा, जगदिश्वरको राज
चेतनाको यो ज्योति हिरण्यमय, उसको शिरको ताज
शरिरको यो सुन्दर मन्दिर, विश्वक्षेत्रको माझ।
भित्र छ ईश्वर बाहिर आँखा, खोजी हिड्छौ कुन पुर
ईश्वर बस्तछ गहिराइमा, सतह बहन्छौ कति दुर
खोजी गर्छौ हृदय लगाऊ, बत्ति बाली तेज प्रचुर
साथी यात्री बीच सडकमा, ईश्वर हिड्छ साथ
चुम्दछ ईश्वर काम सुनौला, गरिरहेका हात
छुन्छ तिलस्मी करले उसले, सेवकहरूको साथ ।
सडक किनार गाउँछ ईश्वर, चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूका, पिडा, दुस्खको गानामा
दर्शन किन्तु कहिँ दिँदैन, चर्म चछुले कानामा ।
कुन मन्दिरमा जान्छौ यात्री, कुन नवदेश बिरानामा
फर्क फर्क हे १ जाऊ समाऊ, मानिसहरूको पाउ
मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ
मानिस भइ ईश्वरको त्यो, दिव्य मुहार हँसाऊ ।।
पागल
जरूर साथी म पागल
यस्तै छ मेरो हाल।
म शब्दलाई देख्दछु
दृश्यलाई सुन्दछु
बासनालाई संबाद लिन्छु।
आकाशभन्दा पातला कुरालाई छुन्छु।
ती कुरा,
जसको अस्तित्व लोक मान्दैंन
जसको आकार संसार जान्दैन
म देख्दछु, ढुङ्गालाई फूल
जब, जलकिनारका जल चिप्ला ती,
कोमलाकार, पाषाण,
चाँदनीमा,
स्वर्गकी जादूगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर, उठ्दछन् मूक पागलझैँ,
फूलझैँ एक किसिमका चकोर फूल
म बोल्दछु तिनीसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न।
जुनेली गङ्गा किनार छाल आउँछ तिनको भाषा
साथी १ छाल छाल
जरुर साथी म पागल
यस्तै छ मेरो हाल
तिमी चतुर छौ, वाचाल
तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ
मेरो गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ
तिमी पाँच इन्द्रियले काम गर्छौ,
म छैटौँले
तिम्रो गिदी छ साथी
मेरो मुटु।
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्मिनी पाउँछु,
तिमी बलिया गद्य छौ
म तरल पद्य छु
तिमी जम्दछौ जब म पग्लन्छु,
तिमी सँग्लन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसैका उल्टो
तिम्रो संसार ठोस छ।
मेरो बाफ
तिम्रो बाक्लो, मेरो पातलो
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ।
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
पान्ढीकीको बाटुलो सत्यलाई
मेरो छ वेग काँडाको साथी
तिम्रो सुनको र हीराको
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल।
जरुर साथी।
मेरो एक नशा ढिलो छ।
यस्तै छ मेरो हाल
सम्बन्धित सामग्रीहरु
-
६ जना श्रष्टालाई ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ प्रदान गरिँदै
काठमाडौं, वैशाख १० – नेपाल सत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो आठौं वार्षिकोत्सवको अवसर पारेर यस वर्षको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७४’ को घोषणा गरेको छ ।
-
एक सर्को माया
जसरी मेरी छोरी सकुन्तला खेलिरहेकी छे, त्यसरी नै खेल्न पाउने अधिकार तेरो पेटको बच्चाले पनि पाउनुपर्च । दुइटी स्वास्नी त बाहुनहरूले पनि ल्याएका छन् नि ! फरक यत्ति न हो, तँ बाहुनी हैनस् ।
-
साहित्य यात्रा सगरमाथा सँगसँगै : सगरमाथा हेर्दै रचना वाचन
ओखलढुंगा, चैत २९– नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् ।
-
प्याकुरेलको कथा सङ्ग्रह ‘झुल्या कागत’ विमोचन
काठमाडौं चैत २५ – कथाकार प्रमोद प्याकुरेलको पहिलो कथा सङ्ग्रह ‘झुल्याकागत’ विमोचन भएको छ ।
-
राजा सिद्धीनरसिंह मल्लले लेखेका गीतको एल्बम सार्वजनिक
काठमाडौं, चैत २४ – राजा सिद्धीनरसिंह मल्लले लेखेका ३६ वटा गीत संग्रहित गीति एल्बमको शनिबार लोकार्पण गरिएको छ ।
-
सेवाग्राहीसँग घुस लिँदै गरेका अधिकृत अख्तियारको फन्दामा
बाँके,वैैशाख ११ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय कोहलपुरले सेवाग्राहीसँग घुस लिँदै गरेका नेपालगञ्जबाट फार्मेसी अधिकृतलाई रंगेहात पक्राउ गरेको छ ।
- कर्णालीका सांसदले भने : नीति तथा कार्यक्रम स्वागतयोग्य छ, कार्यान्वयनमा जोड दिउँ
- एकताबाट कोही भाग्नु हुँदैन : रक्षामन्त्री पोखरेल
- गुण्डा नाइके रिगललाई सर्वस्वसहित जन्मकैद
- विश्वकपमा यस्तो जर्सी लगाएर उत्रिँदैछन नेपाली बालबालिका
- हैदराबाद हारको ह्याट्रिकबाट जोगिन्छ कि मुम्बईले दोस्रो जित हात पार्नेछ ?
- विकासमा एकजुट हुनुको विकल्प छैन : प्रदेश प्रमुख कोइराला
- घर फर्कन खोज्दा कम्पनीले नदिएपछि मलेसियामा बिरामी परेका प्रदिप समस्यामा
- आईजी साब आक्रमणकारी कहाँ छन्, तत्काल पक्राउ गर्नुस् – सचिव श्रेष्ठ
- चिनीमा युरिया मिसाइएको ग्राहकको गुनासो, प्रशासनले थाल्यो छानबिन
प्रतिक्रिया दिनुहोस