MENU

विज्ञान प्रविधि

Ncell Axiata
sagun

बढी प्रदुषित देशको सूचिमा नेपाल छैटौं स्थानमा, नेपालभन्दा भारत अघि

काठमाडौं, कात्तिक ३ – प्रदुषणका कारण सन् २०१५ मा विश्वभरमा ९० लाख मानिसको ज्यान गएको एक अध्ययनले देखाएको छ । यसरी प्रदुषणका कारण ज्यान गुमाउने मध्ये धेरै कम तथा मध्यम आए भएको देशका नागरिक रहेको द ल्यानसेट जर्नलमा प्रकाशित प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रदुषणका कारण बढी प्रभावित हुनेमा बंगलादेश र सोमालिया रहेका छन् । विश्वमा प्रदुषणका कारण बढी प्रभावित हुने र मानिसको ज्यान जाने देशको सूचिमा नेपाल छैटौं स्थानमा छ । भारत पाँचौं, नाइजर चौथो तथा चाड तेस्रो स्थानमा छ । प्रदुषणका कारण हुने मृत्युको दर सबैभन्दा कम ब्रुनाइ र स्वीडेनमा रहेको छ । प्रदुषणका कारण हुने मृत्युमा वायु प्रदुषण बढी खतरनाक देखिएको छ ।

प्रदुषणका कारण हुने मृत्युको दुई तिहाई मृत्युको कारण वायु प्रदुषण रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रदुषणका कारण मुटु सम्बन्धी रोग, स्ट्रोक तथा फोक्सोको क्यान्सर बढी हुने गरेको देखिएको छ । प्रदुषण वातावरणीय चुनौती भन्दा बढी रहेको र यसले मानव स्वास्थ्यको विभिन्न पक्षमा हानी गर्ने देखिएको अनुसन्धानमा संलग्न आइकान स्कुल अफ मेडिसिनका प्राध्यापक फिलिप ल्यान्ड्रिगनले बताउनुभयो ।

वातावरण प्रदुषकाले मात्रै सन् २०१५ मा ६५ लाख मानिसको ज्यान गएको छ । यस्तै प्रदुषित पानीका कारण १८ लाख तथा कार्यस्थलमा हुने प्रदुषणका कारण विश्वमा ८ लाख मानिसको ज्यान गएको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया