साहित्य/ कला
नोबेल पुरस्कार विजेता कवि पाब्लो नेरुदाको निधनको कारण क्यान्सर होइनः अनुसन्धान
- Saturday, Oct 21, 2017
- 06:50 AM ( 6 months ago )
- Total Views: 2.0 K
कात्तिक ४ – विश्वविख्यात कवि पाब्लो नेरुदाको निधन प्रोस्टेट क्यान्सरका कारण नभएको फोरेन्सिक विशेषज्ञले बताएका छन् । साहित्यमा नोबेल पुरस्कार विजेता चिलीका कवि नेरुदाको सन् १९७३ मा निधन भएको थियो । जनरल अउगुस्तो पिनोचेतको नेतृत्वमा चिलीमा सैन्य कु भएको दुई हप्ता भित्रमा नेरुदाको निधन भएको थियो । उनको निधन प्रोस्टेट क्यान्सरका कारण भएको चिलीका अधिकारीले बताउँदै आएका छन् । तर कवि नेरुदाका पूर्व ड्राइभर म्यानुएल अरायाले भने नेरुदालाई विष दिएर हत्या गरिएको बताएका छन् ।
नयाँ जाँचले नेरुदाको निधन क्यान्सरका कारण नभएको बताए पनि उहाँको निधनको कारण भने खुलाएको छैन । पत्रकार सम्मेलनमा डा. औरेलियो लुनाले विशेषज्ञहरु नेरुदाको निधनको कारण क्यान्सर नरहेकोमा एकमत रहेको बताउनुभयो । कवि नेरुदा प्रोस्टेट क्यान्सरबाट ग्रसित रहेको तर यो तत्काल निधन भइहाल्ने अवस्थामा नरहेको १६ देशका विशेषज्ञ सहभागी रहेको अनुसन्धान टोलीले निष्कर्ष निकालेको छ ।
नेरुदाको निधनमा अरु कारण रहेको हुन सक्ने उल्लेख गरिएको छ । नेरुदाको शरीरमा पाइएको विषालु पदार्थका बारेमा अब जाँच हुनेछ । यस विषयमा जाँच गर्न सन् २०१३ मा अदालतले आदेश दिएको थियो ।
नेरुदा सन् १९७३ मा सैन्य कु हुने बेला राष्ट्रपति रहेका समाजवादी नेता साल्वाडोर एलेन्देका साथी तथा समर्थक हुनुहुन्थ्यो । सैन्य कु भएको १२ दिनपछि सन् १९७३ सेप्टेम्बर २३ मा सान्टियागोमा नेरुदाको निधन भएको थियो । पूर्व ड्राइभर एरायाले नेरुदालाई सुई मार्फत विष दिएर मारिएको आरोप लगाउँदै आएका छन् ।
सम्बन्धित सामग्रीहरु
-
साहित्य यात्रा सगरमाथा सँगसँगै : सगरमाथा हेर्दै रचना वाचन
ओखलढुंगा, चैत २९– नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् ।
-
प्याकुरेलको कथा सङ्ग्रह ‘झुल्या कागत’ विमोचन
काठमाडौं चैत २५ – कथाकार प्रमोद प्याकुरेलको पहिलो कथा सङ्ग्रह ‘झुल्याकागत’ विमोचन भएको छ ।
-
राजा सिद्धीनरसिंह मल्लले लेखेका गीतको एल्बम सार्वजनिक
काठमाडौं, चैत २४ – राजा सिद्धीनरसिंह मल्लले लेखेका ३६ वटा गीत संग्रहित गीति एल्बमको शनिबार लोकार्पण गरिएको छ ।
-
कुहिराे
मैले लगाएको चोट खप्न नसकेर आमा मैलो मजेत्रोले अाँसु पुछ्नुहुन्थ्यो । क्षयरोग सर्ने डरले व्यथा किटान भएदेखि नै आमाका लुगाहरूसम्म कसैले धुने आँट गरेनन् । सानै उमेरदेखि मेरो स्वभाव एकलकाटे थियो । साथीहरू कोहीसँग पनि घनिष्ट सम्बन्ध बनाउन सकिनँ मैले । मैले भनेको कुरामा साथीहरू असहमत हुँदा पटक पटक सिँगौरी खेलेको छु मैले ।
-
कम्युनिस्ट हुन रक्सी पिउँदा...
प्रतिदिनजस्तै भेट्ने, एउटा न एउटा कार्यक्रममा लैजाने, भाषण गर्न लगाउने, पुस्तक पढ्न दिने, रेस्टुराँमा लगरे ख्वाउने, अनि आत्मीयता प्रदर्शन गरेर वशीभूत पार्ने प्रयास गरिरहनुहुन्थ्यो । तर कतिपय कुरामा मेरो आफ्नै तौरतरिका र अडान रहन्थे । कहिलेकाहीँ तर्क गरेर उहाँका कुरा काट्ने, केही शास्त्रीय विचारका अडान राख्ने गर्दथेँ । पतलुन लाउँदैनथेँ, मदिरा पिउँदैनथेँ
-
राजस्थानमाथि चेन्नईको सानदार जित
काठमाडौं, वैशाख ८ – इण्डियन्स प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराती भएको खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ । पुणेमा भएको खेलमा चेन्नईले राजस्थान रोयल्सलाई ६४ रनको फराकिलो अन्तरले हरायो ।
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातभर खुल्ला रहने
- बिरामीले नबुझ्ने गरी औषधिको सिफारिस लेखे डाक्टरलार्इ कारवाही हुने
- दलितलाई नै चल्दैन दलितले छाेएकाे पानी
- प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्छ : मुख्यमन्त्री राउत
- चितवन राष्ट्रिय निकुञ्जले किन बंगुर र माछा खान रोक्यो ?
- २० विद्यालयले पाए कम्प्युटर ल्याब निर्माणका लागि अनुदान रकम
- माइभ्याली गोल्डकप : बंगलादेशको कावरानलाई हराउँदै एपीएफ क्वार्टरफाइनलमा
- बलात्कारमा संलग्न बालकलाई ६ वर्ष कैद सजाय
- १८ औं एशियाली खेलकुदका लागि नेपाली प्याराग्लाइडिङ टोली छनोट
प्रतिक्रिया दिनुहोस