MENU

यो पनि समाचार

Ncell Axiata
sagun

​६० वर्षदेखि ७५ वर्षकी यी महिलाले अन्नको एउटा पनि दाना मुखमा हालेकी छैनन् !

कात्तिक ४ – भारतको मध्यप्रदेशको सुंद्रैलमा बस्ने ७५ वर्षकी सरस्वती बाईले ६० वर्षदेखि मुखमा एउटा दाना पनि अन्न हालेकी छैनन् । यसका बाबजुद पनि उनी स्वस्थ छन् । उनी पाँच छोराछोरीकी आमा पनि हुन् । उनले सानै उमेरमा बिहे गरेकी थिइन् । पहिलो छोरीलाई जन्म दिने समयमा सरस्वती बाई बिरामी भइन् । त्यसपछि उनले अन्न खान छोडिन् । 

खानाबाट भयो एलर्जी

सानै उमेरमा बिहे भएका कारणले सरस्वती बाई सानै उमेरमा पहिलो पटक आमा बनिन् । त्यसै क्रममा उनलाई टाइफाइड भयो । उनको आन्द्रा सुक्यो र पाचन प्रणालीमा समस्या देखियो । धेरै उपचार गर्दा पनि ठिक नभएपछि उनका श्रीमानले इन्दोरका ठूला–ठूला अस्पताल पनि लगे । अस्पतालबाट फर्केपछि उनको पाचन प्रणालीमा समस्या देखियो । जे खायो त्यही उल्टी हुन थाल्यो । उनलाई खानाबाटै एलर्जी हुन थाल्यो । 

पानी र चिया मात्रै पिउँछिन् 

केही समयपछि सरस्वती बाईले थोरै–थोरै पानी पिउन थालिन् । त्यसपछि उनले चिया पनि पिउन थालिन् । ६० वर्ष भैसक्यो सरस्वती बाईले समान्य भोजन नगरेको । उनी केबल पानी र चिया खान्छिन् । धेरैभन्दा धेरै उनले हप्तामा एउटा केरा खान्छिन् । यसको अलावा उनले केही खाँदिन् ।

तर पनि अहिले उनको स्वास्थ्यमा कुनै समस्या देखिएको छैन । उनले घरको कामको साथै ८ घण्टा खेतमा पनि काम गर्ने गर्थिन् । अहिले उनले खेतको काम गर्न छोडेकी छिन् ।  घरको मा भने उनले गर्दै आएकी छिन् 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया