MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

चिनियाँ धानले ४ गुणा बढ्यो उत्पादन

रमेश गिरी/उज्यालो ।

भक्तपुर, कात्तिक ६ – नेपाल र चिनियाँ सरकारको सम्झौतासंँगै २०१६ देखि तीन वर्षे चीन नेपाल प्राविधिक सहयोग परियोजनामार्फत परीक्षणका रुपमा भक्तपुरमा लगाइएको चिनियाँ हाईब्रिज धानले उत्पादनमा वृद्धि भएको छ । 

नेपाल सरकार र चिनियाँ सरकारबिचको सम्झौतासंगै सुरु भएको परियोजना मार्फत परीक्षणको रुपमा लगाइएको चिनियाँ हाईब्रिज धानको उत्पादन चारगुणाले वृद्धि भएको सोमबार अवलोकनको क्रममा पाइएको छ ।

मध्यपुरथिमिको राधे राधे पछाडि झण्डै १२ रोपनी जग्गामा यसवर्ष परीक्षणका रुपमा लगाइएको ‘एलपिएम बिआर १६२८’ र ‘एलपिएम बिआर १६३२’ जातको धानको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), चिनियाँ टोली, चाइना नेपाल प्राविधिक सहयोग परियोजना, कृषि वनस्पति महाशाखा, धान लगाउने कृषकहरुको टोलीसहितले अवलोकन गरेको हो । 

कार्यक्रममा चिनियाँ टोलीका संयोजक जिहाङ् जोहुईले नेपाल र चीनको सहकार्यमा चीनको आर्थिक एवं प्राविधिक सहयोगमा सुरु भएको यो परियोजनाले चीन र नेपालमा विभिन्न तालिम, प्राविधिक तालिम उपलब्ध गराएको बताउनुभयो । उहाँले चीनको ६७ जातका धानको परीक्षण नेपालमा शुरु गरिएको बताउँदै चिनियाँ हाईब्रिज धान प्रतिहेक्टर ८ देखि १० टनसम्म उत्पादन हुने बताउनुभयो । धान तथा मकैका लागि चीनले नेपालमा प्राविधिक सहयोग गर्ने, ट्रयाक्टर, राईस मिल, ट्रान्सप्लान्ट यन्त्र लगायतका प्राबिधिक यन्त्र सहयोग गरेको छ ।

धान अवलोकन कार्यक्रममा कृषि वनस्पति महाशाखाका प्रमुख सुरेशकुमार राईले परियोजना अन्तर्गत रहेर चीनबाट ल्याईएका हाईब्रिज धान र मकैको परीक्षण गरिरहेको बताउनुभयो । परीक्षणमा कृषकबाट आएको सुझाव र उत्पादन बढ्ने निश्चित भएमा धान, मकै लगायतका उन्नत जातका बीउहरु जिल्ला जिल्लामा पठाइने उहाँले बताउनुभयो । 

कार्यक्रममा नार्कका योजना तथा समन्वय निर्देशक डा. आन्दकुमार गौतमले किसानले सधै एकैप्रकारको धान लगाउने गरेको र नेपालले आफ्नै उन्नत नयाँ जातको धानको बीउ उत्पादन गर्न नसकेकाले चिनियाँ हाईब्रिज धानको बीउ परीक्षणमा ल्याईएको बताउनुभयो । यो धान मिलमा कुट्दा टुक्रने समस्या नआउने र स्वाद मीठो भएमा उत्पादनको दृष्टिले उपयुक्त हुने देखिएको चर्चा गर्नुभयो । 

त्यसअवसरमा नार्कका संचार, प्रकाशन तथा अभिलेखालयका प्रमुख हरिकृष्ण उप्रेती, बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रका मदन थापा, बरिष्ठ कृषि बैज्ञानिक एवं धान प्रजननकर्ता उमाशंकर शाह लगायतले नेपाल मै हाईज्रिज धानको बिऊँ उत्पादन गर्ने तयारी भएको बताउँदै चाईनिज हाईब्रिज धानको परीक्षणमा उपयुक्त देखिएमा यसलाई प्रमाणिकरण गरेर मात्रै कृषकलाई बिऊँ वितरण गरिने भनाई राख्नुभयो । नेपालमा चिनियाँ हाईब्रिज धान भक्तपुर, काभ्रे, खुमलटार, कास्कीमा परीक्षणका रुपमा लगाईएको छ ।

कार्यक्रममा परियोजनाले उपलब्ध गराएको चिनियाँ हाईब्रिज धान लगाउने थिमिका किसान बिमला श्रेष्ठले १८ वर्ष पछि यो वर्ष चारगुणा बढी धान उत्पादन भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगत २३ वर्षभन्दा अगाडिदेखि मैले धान खेती गर्दै आएको छुँ, पहिला आफैले धानको बीउ बजारमा किनेर लगाइन्थ्यो, यसवर्ष चिनियाँ हाईब्रिज धान लगाए, १८ वर्ष पछाडि यति धेरै धान उत्पादन भयो ।’ बिच बिचमा प्राविधिक टोलीले आएर हेर्ने गरेको र सामान्य मात्रामा विषादीको प्रयोग गर्नुपरेको उहाँले बताउनुभयो । 

कृषकलाई चिनियाँ हाईब्रिज धान लगाउन प्रेरणा दिँदै आएका किसान खड्ग श्रेष्ठले धानको बीउ, मल, प्राबिधिक सहयोग आएको बताउँदै उहाँले सिँचाइको व्यबस्था भए बाँझो जमिनलाई भाडामा लिएर पनि चिनियाँ हाईब्रिज धानको उत्पादन लगाउन सकिने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘परालबाटै धान उत्पादनमा लाग्ने खर्च निस्किने रहेछ, धान उत्पादन पनि चौगुणाले बृद्धि भयो, यो धानको बिउँ सबै कृषककहाँ पुर्याउन सके खुद् उत्पादनमा निकै बृद्धि हुने देखियो ।’ धानमा केही कालोपोके आएको र केही बोट मर्ने समस्या आएको बताउँदै उहाँले यसलाई नियन्त्रण गर्न सके उत्पादनमा व्यापक बृद्धि गर्न सकिने उहाँको भनाई थियो । 

काभ्रे कुन्तावेशीबाट आउनु भएका ५९ वर्षका कृषक रेवतीप्रसाद तिमिल्सिनाले लोकल जातको धान लगाउँदै आएकोमा यसवर्ष परीक्षणका रुपमा लगाएको चिनियाँ हाईब्रिज धानको उत्पादन अहिलेसम्म कै बढी भएको बताउनुभयो । 

काभ्रे नयाँगाउँबाट आउनु भएका सुदर्शन तिमिल्सिना र नवराज तिमिल्सिनाले दुई रोपनी जग्गामा लोकल जिरा मनसुरी धान लगाउँदा दुई मुरी १० पाथी धान उत्पादन भएकोमा यसवर्ष चिनियाँ हाईब्रिज धान लगाउँदा १० मुरी धान उत्पादन भएको बताउनुभयो । यो धान पसाउने बेलामा केही बोट मर्ने र केही बाला नलाग्ने समस्या भने रहेको बताउँदै स्थानीय स्तरमा उत्पादन भएको लोकन विषादी भने राख्नु परेको बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया