MENU

साहित्य/ कला

ujyaalo forign call inside

लघुकथा : नियति

म प्रायः यात्रा गरिरहन्छु । एक दिन मलाई त्यस्तै यात्रा गर्नु थियो । यात्राको क्रममा म काठमाडौंको चावहिलबाट चक्रपथ घुम्ती यातायातमा चढें । सिजन नपरेकाले हो  या  संयोग त्यस्तै पर्‍यो बसका पछिल्ला सिटहरु खाली नै थिए ।म एउटा सिटमा गएर बसेँ म भन्दा पल्लो सिटमा एउटी यूवती बसेकी थिई । उसले आफ्नो झोला अर्को सिटमा राखेर बसेकी । गौशला पुगेर बस रोकियो । त्यहाँ एक जना झण्डै ८० वर्ष जस्ता देखिने वृद्ध बसमा चढे र युवती बसे नजिकैको झोला भएको  सिट भएको तिर संकेत गर्दै भने नानी झोला तिम्रो हो ? हटाउ त  बस्नु पर्‍यो । 

युवतीले हर्कादै भनिन् ‘झोला देख्नु भएन, पछाडि जानुस् ।’ विचरा वृद्ध चुपचाप लर्खराउँदै पछाडि गएर टुसुक्क बसे एउटा सिटमा । एयरपोर्टमा पुगेपटि बस रोकियो । त्यहाँ त्यस्तै बीस वर्ष जतिको युवक बसमा चढ्यो । युवतीले सिटमा राखेको झोला देखाउँदै भन्यो युवकले भन्यो ‘सिट खाली हो ?’ युवतीले हतार हतार झोला पन्साउँदै भनि ‘खाली नै छ बस्नुस्न् ।’

युवक थचक्क बस्यो । बुढाले पिलिक्क नजर ठोकाए अनि आफ्नो टाउकोमा हात लगाएर मतर्फ फर्केर भने ‘समयले मलाई बुढ्यौली बनायो यीनको नि सधै जवानी कहाँ रहन्छ र !’ म चुपचाप हेरिरहेँ, सुनिरहेँ । 

लेखक : शैलेन्द्र घिमिरे 

 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया