MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

बँदेलले बाली खाँदा किसान मर्कामा

इलाम, कात्तिक ७ – इलामको रोङ गाउँपालिकामा लगाएको नगदेबाली बँदेलले खाएर नष्ट पारेको छ । किसानले लगाएको बाली खाइदिने गरेकाले किसान मर्कामा परेका छन् ।

जंगली जनावर बँदेलको समूहले किसानले लगाएको खाद्यबाली इस्कुस, आलु, पिडालु, तरुल, सिमी, कोदोलगायतका बाली खाएर नास पारिदिने गरेको स्थानीय किसान गिरीराज प्रधानले बताउनुभयो ।  

उहाँले भन्नुभयो ‘दैनिक जसो रातको समयमा बँदेलको समूहले आफूले लगाएको इस्कुसको जरा समेत खान थालेको छ ।’ बँदेलको रजाईका कारण तरकारी समेत किनेर खानुपर्ने अवस्था सिजर्ना भएको प्रधानको गुनासो छ । 

पछिल्लो समयमा बँदेलले अलैंचीमा लगाएको मल खनेर अलैंचीको बोट समेत मार्न थालेकाले समस्या बढ्दै गएको बताइएको छ । बँदेलको समूहका कारण रोङका किसानलाई नियमित घाँस दाउराको लागि जंगल जान समेत समस्या हुन थालेको छ ।  

विगत लामो समयदेखि रोङका किसानहरु बँदेलबाट पीडित बन्दै आइरहेका छन् ।  अहिलेसम्म सरकारी निकायबाट कुनै सहयोग नपाएको किसानको गुनासो छ । 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया